क्यालिफोर्नियामा अन्धाधुन्ध गोली प्रहार, तीनजनाको मृत्यु, ११ घाइते

क्यालिफोर्नियामा अन्धाधुन्ध गोली प्रहार, तीनजनाको मृत्यु, ११ घाइते
अमेरिका

अमेरिकाको क्यालिफोर्नियामा अज्ञात बन्दुकधारीले अन्धाधुन्ध गोली प्रहार गर्दा तीनजनाको ज्यान गएको छ ।

क्यालिफोर्नियाको गिलरोयमा भएको ‘गार्लिक फुड फेस्टिवल’मा बन्दुकधारीले अन्धाधुन्ध गोली प्रहार गर्दा उनीहरुको ज्यान गएको हो ।

घटनामा कम्तीमा ११ जना घाइते भएका छन् ।

अन्दाजी ३० वर्षका गोरो वर्णका पुरुष व्यक्तिले अन्धाधुन्ध गोली प्रहार गरेको र उनी पनि जवाफी कारबाहीमा मारिएको त्यहाँको प्रहरीले जनाएको छ ।

यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ट्वीट गर्दै घटनाप्रति खेद प्रकट गरेका छन् । उनले सबैलाई सुरक्षित रहन र धैर्यधारण गर्न अपील गरेका छन् ।

Post Comment