नातिबाबु भट्ट । अगष्ट २५, २०१९ ।कोलोराडो, अमेरीका । NASeA/ANMA संयुक्त सम्मेलनमा बृहत साहित्यि कार्यक्रम हुने भएको छ ।
नर्थ क्यारोलाईना स्थित विन्स्टन शहरमा यहि अगष्ट ३० देखि सेक्टेम्बर १ सम्म हुनलागेको संयुक्त सम्मेलनमा बृहत साहित्यिक कार्यक्रम हुन लागेको हो ।
कार्यक्रममा नेपाल लगायत अमेरिकाको विभिन्न राज्यमा बस्दै अएका सहित्यकारहरू सहभागी हुने भएका छन् । कार्यक्रममा भाग लिन नेपालबाट साहित्यकारहरु प्राध्यापक तुलसी दिवस, प्राध्यापक, डा कुसुमाकर न्यौपाने र डा बुना पोखरेल दाहाल आउंदैछन् , भने अमेरिकामै रहेका साहित्यकारहरु शैलेन्द्र साकार (नर्थ क्यारोलाइना), भारती गौतम (फ्लोरिडा), ज्ञानेन्द्र गदाल (कोलोराडो), नीलम कार्की निहारिका (नर्थ क्यारोलाइना), शिलु गुरुङ (टेक्सास), राजा घले (अट्लाण्टा) का साथै स्थानीय लेखक कविहरुको समेत ब्यापक उपस्थिति रहने भएको छ |
यस कार्यक्रमको संयोजन र संचालन अनेसास नर्थ क्यारोलाइना च्याप्टरका अध्यक्ष शिखर दुलाल र साहित्यकार नम्रता गुरागाईंले गर्ने साहित्यकार ज्ञानेन्द्र गदाले बताएका छन् |

हरेकबर्ष Labor Day Weekend पारेर सम्पन्न गरिने यो संयुक्त सम्मलेनमा नेपालको सामाजिक, आर्थिक, सांस्कृतिक, राजनैतिक, साहित्यिक क्षेत्र सम्बन्धि विभिन्न फोरमहरु संचालन हुने गरेको छ । सांस्कृतिक कार्यक्रममा भाग लिन यसपटक चर्चित गायिका इन्दिरा जोशीको उपस्थिति रहने भएको छ | त्यसैगरी नेपालको समसामयिक बिषयबस्तुमा छलफल गरिने नेपाल फोरममा राजनैतिक र बौद्धिक क्षेत्रका विज्ञहरु पूर्वमन्त्री खगराज अधिकारी, अमेरिकाका लागि नेपाली राजदुत डा अर्जुन कार्की, डा शिव गौतम, डा बुना पोखरेल दाहाल र NRN NCC USA का अध्यक्ष सुनील साहहरुले आ-आफ्नो बिचार प्रस्तुत गर्ने कार्यक्रम रहेको छ
नेपाल फोरम कार्यक्रमको संचालन समाजसेवी राजा घले र डा तिलक श्रेष्ठले गर्ने छन् , भने वक्ताहरुको बिचारमाथि साहित्यकार ज्ञानेन्द्र गदालले समिक्षा गर्ने कार्यक्रम रहेको छ |