प्रहरीको गोली लागी मृतु भएका बिरेन्द्रको आमाद्धारा वेष्टमिनिष्टर सिटी बिरुद्ध मुद्दा दायर

प्रहरीको गोली लागी मृतु भएका बिरेन्द्रको आमाद्धारा वेष्टमिनिष्टर सिटी बिरुद्ध मुद्दा दायर
अमेरिका

अगष्ट २५, २०१९ । कोलोराडोअमेरीका । एकबर्ष अघि प्रहरिको गोलीबाट मृत्यु भएका युवक बिरेन्द्र ठकुरीको परिवारले प्रहरी र कोलोराडो वेष्टमिनिष्टर सिटी बिरुद्ध मुद्दा दायर गरेका छन् ।

बिरेन्द्रको आमा सानु ठकुरीले अन्य बिकल्प हुदा हुदै आफ्नो छोरालाई प्रहरीले अत्याधिक बल प्रयोग गरी मारेको भनी शुक्रबार डिष्ट्रक कोर्टमा मद्दा दायर गरिएको आईतबार एक पत्रकार सम्मेलन मार्फत जानाकारी गराईएको हो ।

ठकुरी परिवारका तर्फबाट जोन्सन एण्ड क्लाइन फर्मले यो मुद्दा हेरी रेहेको छ । जोन्सन एण्ड क्लाइन फर्मका वकिल गिल जोन्सनले कोलोराडोको लाफियतमा पत्रकार सम्मेलन गरी ठकुरीलाई मार्नु गैरकानूनी कार्य भएको बताएकी हुन ।

सम्मेलनमा जोन्सनले एक निसस्त्र २७ बर्षिय युवालाई प्रहरी स्टीभ बेयरले गोली हानेर मार्नाले परिबार र  समाजले एक कमर्ठ युवा गुमाउने परेको  बताइन् । प्रहरी स्टीभ बेयरले घातक गोली प्रहार गर्नु पुर्व कुनै पनि मौखिक चेतावनी नदिइएको बेयरसँग पेपर स्प्रे भएर पनि प्रयोग नगरेको साथै टिजर (घातक रहित गन) को प्रयोग गरे हुने अवस्थामा छातीमा गोली प्रहार गरी मारेकाले मृतक ठकुरीका परिवारका तर्फवाट आमा सानु ठकुरीले शुक्रवार वेष्टमिनिष्टर सिटी र प्रहरी स्टीभ बेयर विरुद्ध फेडरल सिभिल राइट्स ल सुट (मुद्दा) दायर गरेको जोन्सनले जानकारी दिएकी हुन ।

जोन्सनले मुद्दाको बारे थप जानकारी दिदै थपिन , संविधानको चौथो संशोधन (The Fourth Amendment of Constitution)  ले यस्तो अवस्थामा प्रहरीले आफ्नो शक्ती आवश्यकता अनुसार प्रयोग गरेर मार्नु भन्दा अघी अरु धेरै विकल्प प्रयोग गर्नु पर्नेमा नगरेको दिखन्छ ।  वेष्टमिनिष्टर सिटी प्रहरीको कुरालाई सत्य नै मान्ने हो भने पनि अत्यधिक रुपमा प्रहरीले आफ्नो शक्ती प्रयोग गरेको देखिने उनले पत्रकार सम्मेलनमा बताइन् ।

त्यसैगरी कार्यक्रममा हेल्पिङ हेण्डका अध्यक्ष नारायण श्रेष्ठले यस घटनाले नेपाली समुदायमा ठुलो क्षती पुगेको छ । साच्चै हामीलाइ न्याय चाहिन्छहामीहरू मौन  छैनौ । कृपया हामीलाई कोही हाईन भन्ने नसोचियोस भन्दैबिरेन्द्रको परिवारले चाडै न्याय पाउनेमा विश्वस्त रहेको बताए ।                

नेपालमा जन्मी हुर्केका बिरेन्द्र सन् २००६ मा १५ बर्षको उमेरमा दाई सुरेन्द्र र आमा संगै अमेरिका आएका थिए । उनी हाई स्कुल अध्यान सकेर फर्स्ट बैंकमा काम गर्दै मट्रो स्टेट युनिभर्सिटीमा अध्यानरत थिए । एकबर्ष अगाडी सन् २०१८ अगष्ट २५ का दिन सडकमा हिडिरेका युवक बिरेन्द्रलाई प्रहरीले गोलीहान्दा उनको घटनास्थलमा नै मृत्यु भएको थियो ।

Post Comment