एक हजार अमेरिकी सैनिक सिरियाबाट फिर्ता हुने

एक हजार अमेरिकी सैनिक सिरियाबाट फिर्ता हुने
अमेरिका समाचार

वासिङ्टनअमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तरी सिरियामा तैनाद करिब एक हजार सैनिकलाई फिर्ता गर्न अमेरिकी रक्षा मन्त्रालयलाई निर्देशन दिएका छन्।

टर्कीको आक्रमणका कारण उत्तरी सिरियाबाट एक लाख ३० हजार कुर्द नागरिक विस्थापित भएको समाचार आइरहेका समय अमेरिकाको भनाई बाहिरिएको हो

आइतबार अमेरिकी रक्षा मन्त्री मार्क एस्परले भने, “राष्ट्रपति ट्रम्पले सिरियाबाट सेना फिर्ता गर्नका लागि निर्देशन दिनुभएको छ करिब एक हजार अमेरिकी सैनिकलाई सिरियाबाट फिर्ता बोलाउन लागिएको उनले बताए

रक्षा मन्त्री एस्परले सीबीएसको फेस द नेसनसँगको कुराकानीमा भने, “अमेरिकी राष्ट्रिय सुरक्षा टोलीसँगको छलफलपछि मैले राष्ट्रपतिसँग शनिबार राति कुराकानी गरेँ उहाँले विचारपूर्वक अमेरिकी सैनिकलाई उत्तरी सिरियाबाट फिर्ता बोलाउन निर्देशन दिनुभएको छ ” 

सिरियाबाट एक हजारको हाराहारीमा सैनिक फिर्ता गरिन लागेको उनले फक्स न्यूजसँगको कुराकानीमा पनि बताए

मैले समयसीमा दिन सक्दिन किनकि यो समयसँगै परिवर्तन पनि हुनसक्छ हामीले यो पक्का गर्ने छौँ कि सैनिक टुकडीको फिर्ता सुरक्षित र सावधानीपूर्वक गरिने छ

सिरियाको उत्तरी क्षेत्रमा अमेरिकी सहयोगमा कुर्दहरूले टर्कीका साथै सिरियाली सरकारसँग प्रतिरोध गर्दै आएका थिए सिरियाली कुर्दहरूलाईआतङ्कवादीबताउने टर्कीले गत बुधबारदेखि हवाई आक्रमण चलाएको छ सिरियाबाट अमेरिकी सैनिक फिर्ता गर्ने ट्रम्पको निर्णयप्रति आलोचना गर्नेहरूले अमेरिकाले आफ्ना इमान्दार सहयोगीलाई त्याग्नु गलत भएको बताएका छन् सिरियाली कुर्दहरूले पनि अमेरिकाले सहयोग नगरेर आफूहरूलाई बीचमा धोका दिन लागेको बताएका रिपोर्टहरू सञ्चारमाध्यमहरूमा आएका छन्

यसैबीच संयुक्त राष्ट्रसंघ मानवीय सहयोगमामिला निकाय ओसीएचएले भनेको छ, “टर्कीले पछिल्ला केही दिन यता गरेको हवाई आक्रमणका कारण त्रसित एक लाख ३० हजार सिरियाली कुर्दहरू जीवन जोगाउन कै लागि आफ्नो गाउँ र समुदायलाई छोडेर भागेका छन् ” 

Post Comment