कोलोराडोमा नेपाली संस्थाहरूकाे आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न

कोलोराडोमा नेपाली संस्थाहरूकाे आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न
अमेरिका कोलोराडो

नातिबाबु  भट्ट । कोलोराडो, अमेरीका । कोलोराडोमा सकृय संस्था सिस्टर्स गु्रप कोलोराडो, ब्लड डोनर्स अफ अमेरीका कोलोराडो च्याप्टर र अन्तराष्ट्रिय नेपाली साहित्य समाज कोलोराडो च्याप्टरको संयूक्त आयोजना शनीबार रक्तदान कार्यक्रम सम्पन्न भयो ।

ब्रुमफिल स्थित बोनफिल्स सेन्टरमा सम्पन्न रक्तदान कार्यक्रममा १० जनाले रक्तदान गरेका छन् । रक्तदान गर्ने इच्छा १७ जनाको भएपनि बिभिन्न कारणले गर्दा १० जनामात्र रक्तदान गर्नयोग्य ठहरिएका थिए । अमेरीकाको नियम अनुसार रक्तदान गर्न ३ बर्षसम्म लगातार अमेरिका बसेको र एकबर्ष भित्र अमेरिका बाहिर मलेरिया प्रभाबित क्ष्ँेत्रमा गएको भए अमेरिका फर्केको एकबर्ष पछिमात्र योग्य ठहरिने छ ।

रक्तदान जिवनदान भन्ने मान्यतालाई मनन गर्दै यसरी रक्तदान गर्नेहरुमा टिका पौडेल, धर्मराज श्रेष्ठ, तारा अधिकारी, भुपेन्द्र महत, डा.पंकज तिमल्सेना, श्रवणकुमार लामीछाने, मनोजकाजी तुलाधर, फणीन्द्र क्षेत्री, संझना आचार्य र बसन्त लम्साल रहेका छन् । यी मद्ये धर्मराज श्रेष्ठ, तारा अधिकारी, श्रवणकुमार लामीछानेले पहिलो पटक रक्तदान गरेका ब्लड डोनर्स अफ अमेरीका कोलोराडो च्याप्टरका संयोजक श्रीराम लुईटेलले बताएका छन् ।

रक्तदान कार्यक्रम सफलपार्न बोनफिल्ड रक्तसंचार केन्द्र बु्रमफिलले प्राविधिक सहयोग उपलब्ध गराई सहयोग गरेको थियो । रक्तदान गरौं जिवन बचाउ भन्ने मूलनारालाई आत्मा साथ गर्दै ब्लड डोनर्स अफ अमेरीकाले २००९ देखी अमेरीका भर रक्तदान गर्न अभिप्ररित गर्दै आएको र कोलोराडोमा २०१९ देखी हरेक महिना बिभिन्न संघ संस्थाहरुको संयुक्त आयोजनामा रक्तदान कार्यक्रमको आयोजना गर्दै आएको छ ।

कोलोराडोमा संकलन भएको रगत कोलोराडो भित्रै खपत हुने रक्त संचारका कर्मचारीहरु बताउछन् । कुनै पनि ब्यक्तिको शरिरबाट निकालिएको रगत ४२ दिन सम्ममात्र प्रयोगगर्न सकिन्छ ४२ दिन पछि त्यो रगत काम नलाग्ने हुदा कुनै बेला खपत हुन नसकि फाल्नु पर्ने अवस्था आयो भने मात्र स्टेट बाहिर पठाइने उनिहरुको भनाई छ ।

कार्यक्रममा आयोजक संस्था लगाएत बिभिन्न संघ संस्थाका पदाधिकारी, पत्रकार गन्यमान्यहरुको उपस्थिती रहेको थियो । त्यसैगरी कोलोराडोमा आगामी जुलाई १७ देखी १९ तारिक सम्म ब्लड डोनर्स अफ अमेरिका र सोसाईटी अफ अमेरिकन नेपलिज नर्सको तेश्रो संयूक्त संम्मेलन हुने बताईएको छ ।

Post Comment