एजेन्सी, ७ वैशाख । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले काेराेना भाइरसका कारण अमेरिकाभन्दा पनि चीनमा धेरैको मृ’त्यु भएको बताएका छन् । माथि रहेकाे र मृत्युदर यूराेपमा बढी रहेकाे बताएका छन् ।
ह्वाइट हाउसमा कोरोना भाइरस महामारीको बारेमा दैनिक प्रेस सम्मेलनमा ट्रंपले कोरोनाबाट हुने मृ’त्युदर युरोपभन्दा अमेरिकामा कम रहेको पनि बताए ।
उनले कोरोनाबाट हुने मृ’त्यु हुने सन्दर्भमा अमेरिका पहिलो नम्बरमा रहेकाे नभएर चीन पहिलो स्थानमा रहेकाे दाबी गरे । चीनले काेराेना संक्रमण र मृत्यु हुनेकाे डाटा लुकाएकाे भन्दै पकटपटक गुनासाे गर्दै अाएका ट्रम्पले भने, ‘हामी त्यस वरिपरि पनि छैनौं । तपाईलाई पनि थाहा छ, मलाई यो थाहा छ र तिनीहरूलाई पनि याे थाहा छ ।’
उनले जर्मनी भने मृत्युदरकाे मामलामा अपवाद रहेकाे बताए । ‘अमेरिकामा कोरोनाको मृत्युदर बेलायत, स्विजरल्याण्ड, बेल्जियम र फ्रान्सको भन्दा कम छ,’ ट्रम्पले भने, ‘स्पेनको मृत्युदर अमेरिकाभन्दा चार गुणा बढी छ ।’
सार्वजनिक तथ्यांकमा आधारित भएर भन्ने हो भने काेराेना भाइरस संक्रमण र मृत्युकाे संख्याका हिसाबले अमेरिका अहिले १ नम्बरमा छ । त्यसपछि स्पेन, इटाली लगायतका देशहरू रहेका छन् । तर ट्रंप यो तथ्यांकलाई मान्न तयार देखिदैनन् ।