कोरोना नियन्त्रण गर्न नसकेको भन्दै पूर्व अमेरिकी राष्ट्रपति ओबामाद्वारा ट्रम्पको कडा शब्दमा आलोचना

कोरोना नियन्त्रण गर्न नसकेको भन्दै पूर्व अमेरिकी राष्ट्रपति ओबामाद्वारा ट्रम्पको कडा शब्दमा आलोचना
अमेरिका समाचार

एजेन्सी, २८ बैशाख । कोरोना भाइरस नियन्त्रणका लागि ट्रम्पले लिएको नीतिकोे विरोध गर्दै पूर्व अमेरिकी राष्ट्रपति बाराक ओबामाले बर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पको कडा शब्दमा आ लोचना गरेका छन् । ओबामाले अहिलेको ट्रंपको प्रयास ‘अ राजक संकट’ को जस्तो रहेको टिप्पणी गरेका हुन् ।

ओबामाले दिएको अभिव्यक्तिको जवाफमा अमेरिकी राष्ट्रपतिको कार्यालयले भने ट्रम्पको कदम अभूतपूर्व रहेको र यसले धेरै अमेरिकी नागरिकको ज्या न जोगाएको दाबी गरेको छ । अमेरिकामा कोरोना भाइरसबाट अहिलेसम्म ८० हजार मानिसको मृ’त्यु भएको छ भने १३ लाख ४७ हजारभन्दा बढी संक्रमित भएका छन् ।

यसैबीच ओबामाले आगामी नोभेम्बरमा हुन गइरहेको राष्ट्रपति निर्वाचनमा जोन बाइडनको समर्थन गर्दै आफूले महत्वपूर्ण भूमिका निर्वाह गर्न चाहेको पनि उल्लेख गरेका छन् । पूर्व कर्मचारीहरुलाई बाइडनको राष्ट्रपतीय निर्वाचन टोलीसँग काम गर्न प्रेरित गर्ने क्रममा ओबामाले यस्तो बताएका हुन् ।

कोरोना भाइरसको महामारी नियन्त्रणको तौरतरिकाप्रति मुलुकभित्र र बाहिर ट्रम्पको आलोचना भइरहेका बेला ओबामाले पनि निशाना साँधेका हुन् । यद्यपि, राष्ट्रपति ट्रम्पले भने अमेरिकामा कोरोना भाइरसको महामारी फैलिनुमा डब्ल्यूएचओ, चीन र विपक्षी डेमोक्रेटिक पार्टी दोषी रहेको आरोप लगाउँदै आएका छन् ।

Post Comment