अमेरिकाको गायन रियालिटी शो अमेरिकन आइडलको उपविजेता बने नेपाली ठिटो दिवेश

अमेरिकाको गायन रियालिटी शो अमेरिकन आइडलको उपविजेता बने नेपाली ठिटो दिवेश
अमेरिका

काठमाडौं, ५ जेठ । विश्व कै ठुलो गायन रियालिटी शो अमेरिकन आइडलमा नेपाली युवा दिवेश पोखरेल उपविजेता बनेका छन । उपाधि नजिक पुगे पनि उनलाई जस्ट सामले पछी पार्दै अमेरिकन आइडल बनेकी छन् ।

एक पछी अर्को नाइनटिजको गित गाएर दर्शकको मन जित्दै आएका दिबेशलाई नेपालीले मात्र हैन अमेरिकीले समेत उपाधिको दाबेदारको रुपमा हेरेका थिए । तर आज भएको फाइनल राउण्डका क्रममा भोटिङका आधारमा साम अमेरिकन आइडल घोषित भएकी हुन् ।

दिबेश फस्ट रनरअप भए पनि इतिहास मै अमेरिकन आइडलको यो स्थान सम्म पुग्ने नेपाली उनि नै पहिलो हुन् । उनि आज भन्दा ६ वर्ष अगाडी सन् २०१४ मा मात्र अमेरिका गएका थिए । उनको घर भने काठमाडौँको रविभवनमा हो ।

Post Comment