काठमाण्डौ । डेमोक्र्याटिक पार्टीको तर्फबाट राष्ट्रपति पदको उम्मेदवार बन्नुभएका जो बाइडनले आफ्नो पहिलो सम्बोधनमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आलोचना गर्नुभएको छ । ट्रम्पले ‘देशलाई निकै लामो समयसम्म अन्धकारमा राखेको’ बाइडनले बताउनुभएको छ।
अमेरिकाका उपराष्ट्रपति भइसक्नु भएका बाइडनले आफ्नो प्रतिद्वन्दी डोनाल्ड ट्रम्पले ‘निकै धेरै क्रोध निकै धेरै भय र निकै धेरै विभाजन फैलाएको’ बताउनुभयो ।
७७ वर्षीय जो बाइडनको यो भाषणलाई एक लामो राजनीतिक यात्राको शिखर भएको बताइएको छ, जसलाई उहाँले झण्डै पाँच दशकको राजनीतिक अनुभवबाट बनाउनुभएको हो ।
बाइडन अहिलेसम्म सबै जनमत सर्वेक्षणमा ७४ वर्षीय डोनाल्ड ट्रम्प भन्दा निकै अघि देखिनुभएका बाइडन स्पष्ट अग्रतासँगै अमेरिकी चुनावको प्रचारमा उत्रिनुभएको छ ।
तर चुनावमा मत खस्न अझै ७५ दिन बाँकी छ र रिपब्लिकन पार्टीका राष्ट्रपतिसँग अन्तर कम गर्नेको लागि निकै समय छ ।
जाे बाइडनले आफ्नाे गृह नगरमा विलिङ्गटनमा सम्बाेधन गरिरहँदा कार्यक्रम स्थल लगभग खाली थियाे।
उहाँले भन्नुभयाे, ‘म यहाँ अहिले नै भन्न चाहन्छु कि मैले राष्ट्रपति पदकाे चुनाव जितेँ भने सक्ने राम्राे गरेर देखाउँछु । म प्रकाशकाे सहयागी बन्छु, अन्धकारकाे हाेइन ।’
‘याे हाम्राे लागि, हामी अमेरिकी नागरिककाे लागि कुनै पनि गलत नगर्ने समय हाे । याे नाेभेम्बरले धेरै कुरा तय गर्नेछ । एकजुट भएर हामी अमेरिकी अन्धकारकाे यात्रा राेक्न सक्छाैँ । हामी डर भन्दामाथि आशा, कल्पना र तथ्यकाे विशेषाधिकारमा निष्पक्षतालाई चुन्नेछाैँ ।’