द न्यु योर्क टाइम्सले दुई दशक भन्दा बढी समयदेखि ट्रम्प र उनका कम्पनीहरूको आयकर रिटर्न प्राप्त गरेका छ।
टाइम्सका अनुसार राष्ट्रपति डोनाल्ड ट्रम्पले २०१६ को राष्ट्रपतिय चुनावको वर्ष र उनी ह्वाइट हाउसमा गएको वर्ष २०१७ मा मात्रै आयकरको रुपमा झिनो रकम $७५० मात्रै तिरेको जनाएको छ ।
राष्ट्रपतिय चुनावका उम्मेद्वारले आफ्नो आयकर अमेरिकी जनता सामु देखाउने मान्यताको धज्जी उडाउदै आफ्नो आयको आआरएस(IRS) ले लेखा परीक्षण गरिरेहएको र चाडै नै सार्वजनीक गर्ने बताउदै आएका थिए तर एस पटक द न्यु योर्क टाइम्सले ट्रम्पलाई पछाडी पार्दै उसैको आयकर बिबरण सार्वजनीक गरि दिएको हो ।
टाइम्सका अनुसार ट्रम्पले २०१६ को चुनाव अघिको १५ बर्षमा १० बर्षको कुनै आयकर तिरेका छैनन् । प्रतिवेदन अनुसार ट्रम्पले आफ्न कम्पनीहरूलाई निरन्तर घाटामा देखाउदै वर्षौंसम्म कर जोगाएको थिए ।
ट्रम्पले सधै झै यस रिपोर्टलाई पनि “नक्कली समाचार” भन्दै आफुले त्यो भन्दा धेरै तिरेको बताए ।