नेपाली समाज जोशी बाबु को नाम ले चिर परिचित राजेन्द्र जोशीले गैर आवासिय नेपाली संघ एनआरएनए एनसिसी युएसएको बोर्ड अफ डाइरेक्टर पदका लागि उम्मेदवारी दर्ता गराएका छन ।
जोशी नेपालमा लम्जुङ्ग जिल्ला घर भइ सन् २०१३ देखि अनवरत रुपमा सान फ्रान्सिस्को बे एरियामा बसेर बिभिन्न संघ संस्थाहरू मार्फत नेपाली समाजमा आफुलाई सक्रिय बनाइ रहेका छन ।
वे-एरियाको २६ वर्ष पुरानो संस्था न्यान्स र युवा तथा बिद्यार्थीहरुको संजाल दि ह्वाइट जोन क्यालिफोर्निया नामक संस्थामा महासचिब रहेर काम गरिसकेको अनुभबले आफु सामाजिक अभियानमा होमिएको उनि बताउछन। वे-एरियाको पुरानो संस्था न्यान्स र नेपाली कम्यूनिटि सेन्टर (एनसीसी) सानफ्रानसिस्को बे एरियामा सामुदायिक भवन बनाउने साझा उद्देश्य प्राप्तिको लागि अहिले पनि संघर्षरत आवस्थामा छ जसमा विभिन्न कमिटीमा रहेर काम गरेर भवन निर्माणको अभियानलाइ एउटा तार्किक बिन्दुसम्म ल्याउन आफुले प्रयाश गरेको र धेरै गतिबिधिहरुमा सक्रिय संलग्न भएको अनुभब आफु संग रहेको जोशीले बताए।
सन् २०१७ मा मिस नेपाल क्यालिफोर्निया इभेन्टको आयोजना बे एरियाका धेरै युवा साथिहरुको साथ सहयोग र समर्थनमा भव्यताका साथ सम्पन्न गर्ने मुख्य आयोजक मध्येको एक आफु रहेको जोशी बताए। जसको फलस्वरुप मिस नेपाल क्यालिफोर्निया रोज लामा २०१९ मा नेपालमा भएको मिस नेपाल प्रतियोगितामा सहभागी भएर फष्ट रनर अप हुन सफल भईन।
एनआरएनए अमेरिकाको बोर्ड अफ डिरेक्टरमा मेरो उम्मेदवारी किन ? आफु गैर आवाशीय नेपाली संघ रास्ट्रीय समन्यव समिति अमेरिकासंग बिगत ६ बर्षदेखि प्रतक्ष्य-अप्रतक्ष्य रुपमा संलग्न हुदै आइरहेको र विभिन्न टाक्सफोर्समा रहेर काम गरेको अनुभब छ। लामो समय मैले संस्थाको सदस्य भएर कार्यसमिति बाहिर बसेर अग्रज तथा समकालीन साथीहरुको सारथी बने अब म मेरो भिजनलाइ कार्यसमितिमा बसेर साकार पार्न चाहन्छु।