घट्यो सुनको मूल्य

घट्यो सुनको मूल्य
अर्थ​ समाचार

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार विहीबार छापावाला र तेजाबी सुनको मूल्य प्रतितोला रु २०० ले घटेको छ ।

महासङ्घले आजका लागि छापावाला सुनको मूल्य प्रतितोला रु ७२ हजार र तेजाबी सुनको मूल्य प्रतितोला रु ७१ हजार ७०० निर्धारण गरेको छ ।

बुधबार छापावाला सुन प्रतितोला रु ७२ हजार २०० र तेजाबी सुन प्रतितोला रु ७१ हजार ९०० मा खरिदबिक्री भएको थियो ।

सुनसँगै चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी रु १५ ले घटेर प्रतितोला रु ८५० मा खरीदबिक्री भइरहेको छ । बुधबार चाँदीको मूल्य प्रतितोला रु ८६५ रहेको थियो ।

Post Comment