काठमाडौं, ११ पुस । पछिल्लो केहि दिनयता नेपाली बजारमा सुनको मूल्यमा वृद्धि भैरहेको छ ।
सोहि अनुरुप शुक्रवार पनि सुनको भाउ बढेको छ ।
साताको छैटौं दिन आज (शुक्रबार) नेपाली बजारमा छापावाल सुन प्रतितोला ७३ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बिहीवार सुन प्रतितोला ७२ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै शुक्रवार तेजावी सुन प्रतितोला ७३ हजार रुपैयाँमा कारोबार भइरहेको छ । चाँदी प्रतितोला ८ सय ९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । बिहीवार पनि चाँदी सोही मूल्यमा कारोबार भएको थियो ।