काठमाडौँ, ९ चैत । नेपाली बजारमा केहि दिनदेखि ओरालो लागेको सुनको मूल्य साताको पहिलो दिन आज आईतबार फेरी एक हजारले बढेको छ ।
शुक्रबार प्रतितोला ७५ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज आइतबार तोलामा १ हजारले बढेर ७६ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै आज तेजाबि सुनको मूुल्य ७६ हजार २ सयमा कारोबार भइरहेको छ भने आज चाँदी प्रतितोला ७ सय २० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।