विश्व रक्तदान दिवसको अवसरमा ,कोलोराडोमा रक्तदान कार्यक्रम सम्पन्न

विश्व रक्तदान दिवसको अवसरमा ,कोलोराडोमा रक्तदान कार्यक्रम सम्पन्न
कोलोराडो

विश्व रक्तदान दिवसको अवसरमा बुधवार कोलोराडोको बोल्डर स्थित रक्तसंचार केन्द्रमा रक्तदान कार्यक्रम सम्पन्न भयो ।
रक्तदान गरौं, आज गरौं, सधै गरौं भन्ने विश्व ब्यापी मुल नारालाई सफल पार्ने उद्धेश्यले ब्लड डोनर्स अफ अमेरीका कोलोराडो च्याप्टरको आयोजनामा संम्पन्न कार्यक्रममा ४ जनाले रक्तदान गरेका थिए । अमेरीकी नियम अनुसार रक्तदान गर्न अमेरीकामा बस्न थालेको ३ बर्ष हुनुपर्ने तथा लगातार एक बर्ष देश बाहिर नगएको हुनु पर्दछ ।

रक्तदान जिवनदान भन्ने मान्यतालाई मनन गर्दै यसरी रक्तदान गर्नेहरुमा ब्लड डोनर्स अफ अमेरीका कोलोराडो च्याप्टरका संयोजक टिका पौडेल, सदस्य श्रीराम लुईटेल, लुना पौडेल र बद्री आचार्य रहेका छन् । कार्यक्रममा ब्लड डोनर्स अफ अमेरीकाको केन्द्रिय सदस्य भुषणलाल श्रेष्ठको पनि उपस्थिती रहेको थियो ।
कोलोराडोमा हालै टीका पौडेलको संयोजनमा गठित च्याप्टर ५ सदस्सिय रहेको छ । यसका अन्य सदस्यहरुमा डा.संगीता सोत्रीया, डा. पंकज तिमल्सीना, श्रीराम लुईटेल र बिकास प्रधान रहेका छन् । नेपालीहरुको सकृयतमा अमेरीकामा गठित ब्लड डोनर्स अफ अमेरीकाको २२ स्टेटमा च्याप्टर गठन गरिएको छ । हाल यसको केन्द्रिय अध्यक्ष डा. नन्दन रेग्मी रहेका छन् ।

Post Comment