नेपालीहरुको महान पर्व बिजया दशमी तथा शुभ दिपावलीको अवसरमा कोलोराडो निवासी नेपालीहरुले एक साँस्कृतीक कार्यक्रम “शुभकामना साँझ” आयोजना गरी शुभकामना आदान प्रदान गर्ने भएका छन् ।
रकी माउन्टेण्ड फ्रेन्डस अफ नेपालको आयोजनामा आगामी अक्टोवर १९ तारीक शनीबारका दिन “शुभकामना साँझ” साँस्कृतीक कार्यक्रम हुन लागेको हो ।
कोलोराडो स्थित थोरन्टन सिटी स्थित सेन्चुरी मिडल स्कुलमा सम्पन्न हुन लागेको शुभकामना साँझ कार्यक्रममा महेश बुढाथोकी र भगवान भण्डारी लगायत स्थानीय कलाकारहरुको बेजोड प्रस्तुती रहने संस्थाका महासचिव बिनय चन्द्र दाहालले यूस नेपाल न्युजलाई बताएका छन् ।
कोलोराडो निवासी नेपाली तथा नेपाल र नेपाली प्रती सद्भाव राख्ने सबैलाई एक आपसमा भेट भई शुभकामना आदान प्रदान गर्ने उपयुक्त अवसर भएकोले कार्यक्रमा सहभागी भै नेपालीको संस्कृती पहिचाहन तथा संरक्षणमा सहयोग पुर्याउनुहुन आयोजक संस्थाका पदाधिकारीहरुले संपुर्ण सर्बसाधारणलाई अनुरोध गरेका छन् ।
कोलोराडोको सबैभन्दा पुरानो संस्था रकी माउन्टेण्ड फ्रेन्डस अफ नेपालले हरेक बर्ष दशै तिहार कार्यक्रम गर्दै आएको छ ।