कोलोराडो, अमेरीका हिन्दुहरुको महान चाड बिजया दशमी तथा शुभ दिपावलीको अवसरमा कोलोराडो निवासी नेपालीहरुले शनीबार सांझ एक संस्कृतीक कार्यक्रम आयोजना गरी शुभकामना आदान प्रदान गरेका छन् ।
नेपालीहरुको साझा संस्था रकी माउन्टेण्ड फ्रेन्डस अफ नेपालको आयोजनामा, त्रीभुवन बिश्व बिद्यालयका पूर्व उपकुलपती तिर्थ खनीयाको प्रमुख आतित्थ्यता तथा हेल्पीङ हेण्डका अध्यक्ष नारायण श्रेष्ठको बिशेष आतिथ्यतामा, लोकगायक भगवान भण्डारी र स्थानीय कलाकारहरुका माझ उनीहरुले बिभिन्न सांस्कृतीक कार्यक्रम गर्दै महान चाड मनाएका हुन् ।
नेपाल र अमेरिकाको राष्ट्रिय गान गाएर शुरु गरिएको कार्यक्रममा कोलोराडोमा सकृय संघ संस्थाका पदाधिकारी, गन्यमान्य, व्यावसायी, बुद्धीजिवी, कलाकार, साहित्यकार, पत्रकार, नेपाल र नेपाली प्रति सद्भाव राख्ने स्थानीय अमेरीकीहरु तथा सर्बसाधारणको उपस्थिती रहेको थियो ।
आयोजक संस्थाका अध्यक्ष तथा कार्यक्रमका सभापती बिनोद त्रीपाठीले कार्यक्रममा उपस्थित सबैलाई स्वागत गरेका थिए । त्यसैगरी कार्यक्रममा प्रमुख अतिथी डा. खनियांले दशै, तिहार र छटको शुभकामना दिदै, नेपाल देखि यती टाढा आएर बसोबास गर्दा पनि नेपालको धर्म संस्कृतीलाई निरन्तरता दिई संरक्षण र पहिचाहनमा टेवा दिएकोमा सबैलाई धन्यवाद दिए । उनले मातृभुमीलाई नभुल्न र यथा सक्य सहयोग गर्न सबैलाई आग्रह गर्दै, प्रवासमा रहेका सबै नेपालीलाई नेपाली राजदुतको संज्ञा दिए । प्रवासमा रहेका नेपालीबाट देशमा नयां प्रविधी ल्याइ बिकास गर्नुपर्ने धारणा राखे । त्यसैगरी कार्यक्रममा बिशेष अतिथी नारायण श्रेष्ठ, लोकगायक भगवान भण्डारी, अन्तराष्ट्रिय नेपाली साहित्य समाजका ट्रष्टी पदम बिश्वकर्मा, संस्थाका पूर्व अध्यक्ष द्धय धर्मराज श्रेष्ठ र शरद आचार्यले शुभकामना मन्तब्य राखेका थिए ।
कार्यक्रमको दोश्रो चरणमा संस्कृतीक कार्यक्रम संचालन भएको थियो । स्थानीय कलाकारहरुले नेपाली संगीतमा कुशल नृत्य प्रस्तुत गरेका थिए । त्यसैगरी लोकगायक भगवान भण्डारी तथा स्थानिय कलाकारहरु निर्मला साप्कोटा र रिता ज्ञावाली बिच दोहोरी गीत सञ्चालन गरि दर्शकहरुलाई नयां स्वाद पस्कने प्रयास गरिएका थियो । कार्यक्रमको अन्त्यमा गायक भगवान भण्डारीले आफ्ना चर्चित गीतहरु खैरेनीमा गेट, फुलमा भमरा, बनमा कांडा छ जस्ता गीतहरु गाएर सहभागीहरुलाई नचाएका थिए ।
कार्यक्रम गर्न तोकीएको सेन्चुरी मीडील स्कुल ईमरजेन्सी सट डाउन गर्नु परेको कारण अन्तिम घडीमा कार्यक्रम हुने स्थान परिवर्तन गरि वेस्टमिनिष्टर स्थित याक एण्ड यती रेष्टुरेन्टमा तोकीएको समय भन्दा २ घण्टा पछाडी कार्यक्रम संचालन गरिएको थियो । आयोजक संस्थाका महासचिव विनय दाहाल र किरण अधिकारीद्धयले कार्यक्रम संचालन गरेका थिए । त्यस्तै कार्यक्रमका प्रमुख अथिती र बिशेष अतिथी लगायतका अतिथीहरुलाई अध्यक्ष बिनोद त्रीपाठीले खादा लगाई दिई स्वागत गरेका थिए ।
कार्यक्रमको अन्तमा उपस्थित सबैलाई दशै, तिहार र छटको शुभकामना दिदै महासचिव विनय दाहाल र अध्यक्ष बिनोद त्रीपाठीले संकटको घडीमा स्थान उपलब्ध गराई कार्यक्रम सफलपार्न बिशेष सहयोग गर्ने याक एण्ड यतीका संचालक दिनेश भट्टराई लगायत कार्यक्रममा उपस्थित सबैलाई धन्यवाद दिएका थिए ।