कोलोराडो, अमेरीका । नेपाली नया बर्षको अवसर पारेर कोलोराडोमा नेपाली भाषी समुदायलाई लक्षित गरि खोलीएको एभरेष्ट एडल्ट डे केयरको एक समारोह बिच उद्धाटन गरिएको छ ।
सिटी अफ अरोराका काउन्सील म्यान रुबेन मेडिनाको प्रमुख आतिथ्यतामा तथा स्थानिय नेपाली, नेपाली भाषी भुटनिज तथा अन्य बिभिन्न देशका संघ संस्थाका प्रतिनिधी, समाज सेवी बुद्धीजिवी,गन्यमान्य, पत्रकार, ब्यावसायी, तथा स्थानियहरुको उपस्थितीमा डे केयर उद्धाटन गरिएको हो ।
कार्यक्रमका प्रमुख अतिथी काउन्सील म्यान रुबेन र एभरेष्टका बिभिन्न समुदायका ६ सदस्य सहित सात जनाले संयूक्त रुपमा रिवन काटेर डे केयरको औपचारिक रुपमा उद्धाटन गरिएको थियो । उद्धाटन पछि शुभकामना मन्तब्य दिदै रुबेनले आफु यस्ता सेवा मुलक ब्यावसाय टोल टोलमा खुल्नु पर्दछ भन्ने पक्षमा रहेकोले आफ्नो साथ सहयोग समर्थन सधै रहने प्रतिबद्धता जनाउदै जुन सुकै सहयोग चाहिएमा पनि आफुलाई सम्पर्क गर्न सुझाव दिए । कार्यक्रममा समाजसेवी सामाजिक अभियानता प्राध्यापक डा.विजयराज शर्मा लगायतका बक्ताहरुले शुभकामना मन्तब्य दिएका थिए । कार्यक्रममा एनआरएन कोलोराडो च्याप्टरका अध्यक्ष आर सी पन्त, नेपाली घरका अध्यक्ष जगदिशचन्द्र ढकाल, समाजसेवी तथा नेपाली सांस्कृतिक केन्द्र नेपाली घर खरिद समितीका संयोजक लछुमन राना लगायत धेरै संघ संस्थाका प्रतिनिधीहरुको उपस्थिती रहेको थियो ।
बिदुर क्षेत्रीको सभापतित्वमा सम्पन्न कार्यक्रम, श्याम दाहाल, छुसाङ शेर्पा र मारिया मुले नेपाली, अंग्रेजी र बर्मोस भाषामा संयूक्त रुपमा संचालन गरेका थिए । एभरेष्ट परिवारका तर्फबाट मणी दाहाल श्याम दाहाल र ग्रीनाले कार्यक्रममा उपस्थित सबैलाई स्वागत मन्तब्य मार्फत स्वागत गरेका थिए । सोही क्रममा मणी दाहालले एभरेष्ट डे केयरको विशेषता माथि प्रकास पारेका थिए । कार्यक्रममा एभरेष्ट मार्फत सेवा लिईरहेका डे केयरका सदस्यहरुले आफ्नो अनुभव सुनाएका थिए भने, एभरेष्टले प्रदान गर्ने बिबिध सेवा सुबिधा बारे जानाकारी दिदै अध्यक्ष सोम बराले कार्यक्रय सफल बनाउन सहयोग पु¥याउने सबैलाई धन्यवाद दिएका थिए ।
बिभिन्न माध्यमबाट अमेरिका आई पुगेका दैनिक जिविकोपार्जन गर्न अन्य ब्याक्तिको साथ र सहयोग आवश्यक पर्ने १८ बर्ष माथिका अपांगता भएका तथा बृद्ध, बृद्धा जसलाई सरकारीले उपलब्ध गराउने मेडिकेट लगायत बिभिन्न सहयोगहरु आवश्यक छ । त्यस्ता ब्याक्तिहरुलाई परामर्श सेवा लगायत बिभिन्न सहयोग पु¥याउने उद्धेश्यले खोलिएको केयर सेन्टरबाट संसारका २० भन्दा बढी देशकाबाट आएका एक सय भन्दा बढिले सेवा लिई रहेको एभरेष्ट डेकेयरका अध्यक्ष सोम बराले बताएका छ