कोलोराडोमा प्रकाश सपुत सांगितीक साझ आयोजना हुदै

कोलोराडोमा प्रकाश सपुत सांगितीक साझ आयोजना हुदै
कोलोराडो समाचार

बहुचर्चित गीतहरु गलबन्दी, पीर, बोलमयां लगायतका गीतहरु गाएर चर्चित बनेका गायक प्रकाश सपुतको कोलोराडोमा आगामी मे १४ तारीक शनिबारका दिन “प्रकाश सपुत सांगितीक साझ” सिस्टर ग्रुपको आयोजनामा हुने भएको छ ।

सांझ ५ बजे देखि राती १० बजे सम्म सञ्चालन हुने कार्यक्रममा स्थानिय कलाकारहरु महादेव त्रीपाठी, संझना पाण्डे, बसन्त लम्साल, दिपक गौतम, मनोज तुलाधर, रुपेश न्यौपाने, ऐश्वर्या तिवारी लगायतका कलाकारहरुको पनि प्रस्तुती रहने सिस्टर ग्रुपका संयोजक धन पौडेलले बताएकी छन् ।

दुई बर्ष भन्दा बढि कोरोनाको त्रासले नेपाली भाषी दाजु भाई दिदी बहिनीहरु भेलाभई नाचगानको माध्यमबाट मनोरञ्जन गर्ने परी स्थिती नरहेको र लामो समय देखि मनमा रहेको डर त्रास भगाउदै दैनिक जिवनलाई लयमा फर्काउन राष्ट्रिय स्तरका कलाकार मार्फत कार्यक्रम आयोजना गर्न लागिएको सिस्टर ग्रुपले जनाएको छ ।

शुरुमा टिकट दर २५ राखेर अरोरामा कार्यक्रम गर्ने भनिएकोमा टिकटको माग अत्याधिक भएपछि टिकट दर घटाएर १ जनालाई १५ र कपललाई २५ बनाई स्थान समेत परिवर्तन गरी ठुलो हलमा कार्यक्रम गर्न लागीएको बताईएको छ ।

दिदी बहिनी समुहको सुचना 

आफ्नो सिट सुरक्षित राख्न आफुलाई नजिक पर्ने निम्न महानुभावलाई सम्पर्क गरी टिकट लिदिनुहुन अनुरोध गर्दछौं

सम्पर्क ब्याक्तीहरु

  • श्रुती पाण्डे ३४७ – ६०५–४७०९
  • दीलकुमारी श्रेष्ठ ७२०–३४५–९८८५
  • प्रकाश पौडेल ३०३–२५०–६३२३
  • पुण्य ढकाल ३०३–४७५–४१०४
  • शान्ति भुषाल ७२०–६४८–८१९५

कार्यक्रम स्थल

Denver South High School 1700 Louisiana Ave. Denver CO.80210