नाइजरमा भएको आ तङ्ककारी आ क्रमणमा ७१ सैनिकको मृत्यु

नाइजरमा भएको आ तङ्ककारी आ क्रमणमा ७१ सैनिकको मृत्यु
अन्तर्राष्ट्रिय समाचार समाचार

२७ मङ्सिर ः नाइजरको पश्चिम भागमा रहेको अर्थात मालीको सिमानानजिकै अवस्थित एक सैन्य शिविरमा भएको आ तङ्ककारी ह मलामा परी कम्तीमा ७१ सैनिक मा रिएका छन् । यस आ क्रमणमा परी अन्य १२ जना सैनिक घाइते भएका स्थानीय स्रोतले जानकारी दिएको छ ।

नाइजरको पश्चिमी इलाकामा रहेको एक गाउँमा अवस्थित सैन्य शविरमा सो आ क्रमण भएको हो । यसैबीच, इस्लामिक स्टेट्स (आ इएस) ल डाकू समूहले यस आ क्रमणको जिम्मेवारी लिएको छ ।

इजिप्टको भ्रमणमा रहनुभएका नाइजरका राष्ट्रपति मोहमद इसोफो यस घटनापछि स्वदेश फर्किनु भएको छ ।

फ्रान्सका राष्ट्रपति एम्यानुएल म्याक्रों र पाँच पश्चिमी अफ्रिकी नेताहरूबीच उक्त क्षेत्रमा सुरक्षा अवस्थाको विषयमा हुन लागेको सम्मेलनको केही दिनअघि उक्त आ क्रमण भएको बताइएको छ ।

Post Comment