अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इराकस्थित अमेरिकी सैन्य आधार शिविरहरुमा इरानले गरेको क्षे’प्यास्त्र आ’क्रम’णपछि पनि अमेरिकी सेनातर्फ कुनै क्ष’ति हुन नपाएको जानकारी दिनुभएको छ ।
यस कुरालाई ध्यानमा राखी अमेरिकाले सजगता र सतर्कता अपनाएका कारण त्यस्तो कुनै पनि क्ष’ति नभएको जानकारी दिनुभएको हो ।
राष्ट्रपति ट्रम्पले गएराति सो जानकारी दिनुभएको हो । उहाँले अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसबाट टेलिभिजनमार्फत् गएराति सार्वजनिक सम्बोधन गर्नुभएको थियो ।
राष्ट्रपति ट्रम्पले अमेरिकी र इराकी नागरिक एवम् सैनिकतर्फ पनि कुनै क्ष’ति नभएको बताउनुभयो । अमेरिकी सैन्य आधार शिविरहरूलाई आधार बनाएर इरानले सो ह’मला गरेको थियो । इराकी अर्धसैन्य बलका प्रमुखको ह’त्याको ब’दला लिने भन्दै इरानले बुधवार इराकमा रहेको अमेरिकी सैन्य शिविरमा श’क्तिशा’ली क्षे’प्यास्त्र हा’नेको थियो ।
राष्ट्रपति ट्रम्पले इरान र अमेरिकाबीचको त’नाव उत्क’र्षमा रहेका बेला गएराति सो सम्बोधन गर्नुभएको हो । आफ्नो धारणा सार्वजनिक गर्दै उहाँले यो आ’क्रम’णबाट इरान नै तल परेको बताउनुभयो । उहाँले मध्यपूर्वमा अमेरिकाको प्र’भाव थप बढ्ने पनि बताउनुभयो । राष्ट्रपति ट्रम्पले यसका लागि आफ्नो सेनाको संख्या मध्यपूर्वी क्षेत्रमा अझै थप्ने पनि बताउनुभयो ।
उहाँले अमेरिकी सेना विश्वकै श’क्तिशा’ली रहेको बताउनुभयो । राष्ट्रपति ट्रम्पले इरानले कहिल्यै पनि आ’णवि’क ह’तिया’र प्राप्त गर्न नसक्ने दा’बी पनि गर्नुभयो । इरानले अमेरिकाप्रतिको आफ्नो र’वैया परिवर्तन गर्नुपर्ने उहाँको जोड थियो । इरानले आफ्नो कार्यशैलीमा सुधार नल्याएसम्म अमेरिकाले उसमाथिको प्र’तिब’न्ध जारी नै राख्ने पनि बताउनुभयो ।
उहाँले अमेरिकाको भौतिक सम्पत्ति या नागरिकमाथि इरानका तर्फबाट कुनै पनि प्रकारको आ’क्रम’ण भए इरानमाथिको ना’काब’न्दीमा अहिलेको तुलनामा थप क’डाई गर्ने समेत बताउनुभयो । राष्ट्रपति ट्रम्पले आ’ईएसआ’ईका प्रमुख अब्बु अली बग्दा’दी र इरानी सेनाका सैन्य क’माण्’डर कासिम सुलेमानीमाथिको का’रबा’ही गरेर अरु धेरै मानिसलाई बचाएको दा’बी पनि गर्नुभयो ।
इरानमाथिको पछिल्लो का’रबा’हीको विषयलाई लिएर रुस, चीन र जर्मनीले सर्वजनिक गरेको प्रतिक्रियाको ख’ण्डन गर्दै राष्ट्रपति ट्रम्पले इरानसँगको प’रमा’णु सम्झौता त्या’गेर सही काम गरेको पनि बताउनुभयो ।