आउँदो शनिवार सांझ हुन गैरहेको सुर-सुधा कन्सर्टको तयारी तिब्र हुँदै गर्दा आज दिउंसो सुर-सुधाको टोली डेनभर आइपुगेको छ ।
यस कार्यक्रमका कोलोराडो संयोजका सुरेन्द्र श्रेष्ठले टोलीलाई डेनभर ईन्टरनेशनल एअरपोर्टमा स्वागत गर्नु भएको थियो ।
अमेरिकाको बिभिन्न शहरमा सफलतापूर्वक कार्यक्रम सम्पन्न गरी आफ्नो अन्तिम कन्सर्ट कोलोराडो गर्न आइपुगेको सुर-सुधा अब बांकी दुइ दिन शनिवारको कार्यक्रमको अभ्यासमा व्यत हुने कुराको जानकारी संयोजक श्रेष्ठले दिनु भयो ।