नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग शिलान्यास हुँदै

नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग शिलान्यास हुँदै
जनसरोकार समाचार

काठमाडौंसडक पूर्वाधारमा महत्वपूर्ण संरचना मानिएको नेपालकै पहिलो नागढुङ्गासिस्नेखोला सुरुङमार्ग सोमबार शिलान्यास गरिने भएको छ   जापान अन्तरराष्ट्रिय सहयोग नियोग (जाइका) को ०.०१ प्रतिशत सहुलियत ऋण सहयोगमा साँढे दुई वर्षअघिदेखि सुरुङमार्ग निर्माण प्रक्रिया शुरु भएको थियो यसका लागि रु २२ अर्ब लाग्नेमा जाइकाले रु १६ अर्ब सहयोग गर्ने र रु ६ अर्ब नेपाल सरकारले आन्तरिक स्रोतबाट परिचालन गर्ने नागढुङ्गा सुरुङमार्ग निर्माण आयोजनाले जनाएको छ

सोमबार अपरान्ह चन्द्रागिरि नगरपालिका१ टोटेपाखामा सुरुङमार्ग  शिलान्यासका लागि प्रधानमन्त्री केपी शर्मा ओलीलाई आमन्त्रण गरिएको आयोजना निर्देशक श्यामप्रसाद खरेलले बताए   प्रवेश मार्गसहित ५.५६ किमी सुरुङ मार्ग निर्माणले नेपालको पूर्वाधार विकासमा महत्वपूर्ण योगदान पुग्ने  विश्वास गरिएको कुराकानीमा जानकारी दिँदै उनले करिब रु ६ अर्ब प्रभावितलाई मुआब्जा वितरणमै खर्च हुने उल्लेख गरे काठमाडौँको चन्द्रागिरि नगरपालिका, ३ र ५ का पीडितलाई मुआब्जा वितरण भइरहेको र हालसम्म मुआब्जा वितरणको ८५ प्रतिशत काम सम्पन्न भएको उनले सुनाए

धादिङको धुनिवेशी नगरपालिका९ का प्रभावितलाई मुआब्जा दिने निर्णय भइसकेको हुँदा छिटो वितरण प्रक्रिया पनि शुरु गरिनेछ चार वर्षमा सुरुङ मार्ग निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ   यसअघि जलविद्युत् र खानेपानी आयोजनाका लागि सुरुङ निर्माण भएपनि यातायात नै सञ्चालन हुनेगरी पहिलोपटक मार्ग निर्माण हुन लागेको हो उक्त मार्गमा दुईवटा सानाफ्लाई ओभरसमेत निर्माण गरिने आयोजना निर्देशक खरेलले बताए सुरुङमार्गकै मुखमा र सतुङ्गलमाफ्लाई ओभरबनाउन लागिएको छ सडक पूर्वाधारमा यहाँ निर्माण हुनलागेकोफ्लाई ओभरपनि नेपालकै पहिलो हो  

सुरुङमार्ग लागि असोज ६ गते जापानस्थित  हाजमा आङदो कर्पोरेशनसँग सम्झौता भएको थियो निर्माण कम्पनीले साँढे तीन वर्षमा काम सक्नेछ सुरुङमार्गलाई जोड्ने तीन किलोमिटर प्रवेश मार्गसमेत निर्माण हुनेछ  सोही परियोजनाअन्तर्गत स्थानीय उत्पादन सङ्कलन केन्द्र (सर्भिस सेन्टर) निर्माण हुने आयोजनाले जनाएको छ  

Post Comment