नातिबाबु भट्ट । कोलोराडो, अमेरीका । कोलोराडोमा सकृय लङमन्ट हिमालयज लायन्स क्बलले मातृ भुमी नेपालको झापा जिल्ला दमक निवासी मस्तिष्क पक्षघात समस्याबाट पिडित सानबहादुर तमाङ्गलाई सहयोग संकलनगरी पठाएको छ ।
करिव ५ बर्ष आगाडी रोजगारीको क्रममा कतारमा रहंदा एक्कासी हाईब्लड प्रेसरकाकारण दिमागमा समस्या परेर सानबहादुर पक्षघात भएका हुन् । उनलाई बिभिन्न तरिकाबाट उपचारको प्रयासगराउदा समेत केहि प्रगति नभई, बुढा बाबुआमाको रेखदेखमा रहेको लायन्स वर्तमान अध्यक्ष संजय प्रधान मार्फत थाहापाएपछि लायन्सले सहयोग संकलन गरी पठाईएको हो ।
पांच बर्षआगडी कतारमा ड्राईभर पेशामा कार्यरत ३४ वर्षिय सानबहादुरले अहिले आफ्नो दैनिक कृयाकलाप केहिपनि गर्न सक्दैनन् । जहां सुतायो त्यहि सुतिरहने, बोल्न, खान, हिडडुल लगायतका ब्यक्तिगत कृयाकलाप केहिगर्न नसक्ने उनी दिशा पिसाव आएको समेत थाहा नपाउने अवस्थामा रहेका छन् । उनको यस्तो अवस्था भएपछि श्रीमतीले समेत छाडेर गईसकेकी छन् । बैकल्पीक आम्दानीको कुनै श्रोत नभएका बुढा बाबु आमाले घरमा भएको बेच्न मिल्ने बस्तु सबै बेचेर डाईपर किनेको र अब कुनै माध्यमबाट किन्न सक्ने अवस्था नभई पुराना लुगाफाटा च्यातेर डाईपर लगाईदिने गरेको थाहापाई डाईपर लगायतका आवश्यक केही सामान किन्न सहयोग संकलनगरि पठाएको संस्थाका पुर्व अध्यक्ष तथा जोन चेयर जोशन श्रेष्ठले बताएका छन् ।
संस्थाले बिभिन्न माध्यमबाट संकलन गरेको ८९२ डलर तथा १ लाख २ हजार ५ सय ५३ रुपयां स्थानिय समाजसेवी संझनाकुमारी तमाङ्ग मार्फत हालै सानबहादुरको बाबुआमालाई हस्तान्तरण गरिएको लङमन्ट हिमालयज लायन्स क्बलका अध्यक्ष संजय प्रधानले बताएका छन् ।
फाेटाे श्राेत, सामाजिक संजाल