दोस्रो पोखरा अन्तर्राष्ट्रिय पर्बतीय चलचित्र महोत्सवको तयारी पूरा

कला - संगीत

पोखरा,४ पौष ।
आगामी पौष ६ गते देखि ८ गते सम्म पोखरामा हुन लागेको दोस्रो पोखरा अन्तर्राष्ट्रिय पर्बतिय चलचित्र महोत्सवको तयारी पूरा भएको छ ।
करिब २२ देशका ५२ वटा चलचित्र प्रदर्शन गरिने पोखरामा आज आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइयो ।
उद्वघाटनको दिन १२ वटा , दोस्रो दिन २० वटा र तेस्रो दिन २२ वटा चलचित्र प्रदर्शन गरिने महोत्सब संयोजक सरोज सापकोटाले जानकारी दिए ।

यस्तै महोत्सव अबधिभर पोखराका बाराही चोक , रामबजार लगाएतका स्थानमा चलचित्रहरुको खुल्ला प्रदर्शन समेत गरिने छ ।

पर्बत वा हिमाली क्षेत्र आसपासका संस्कृति आदिवासी जनजातिको परम्परा ,खेलकुद,पर्याबरण लगाएतका बिषय बस्तुमा केन्द्रीत रहि बनेका चलचित्रहरु प्रदर्शनमा रहने छन् ।

प्रतियोगीतात्मक नरहने महोत्सवमा नेपालका अ सङ फर बारपाक , मेला, मिरर, द क्युरिसियस केस अफ मिष्टर भिम थापा , भारतका माइ डियर पोष्ट म्यान ,द लास्ट बीस , सेभिङ द वाइल्ड , इरानका ब्लु आइड ब्वाइ ,स्विछ म्यान,फ्यान , अमेरिकाको फ्वरिङ बोण्ड , गार्डेन अफ द फरेष्ट,ह्यङ्गिङ सगै श्रीलंका ,लेबनान,स्पेन, बेलायत,साइप्रस,रसिया,अर्जेन्टिना,ब्राजिल,चीन,पाकिस्तान लगाएतका देशमा निर्माण भएका चलचित्रहरु प्रदर्शन हुनेछन् ।

सन् २०१४ डिसेम्बरमा अन्तर्राष्ट्रिय पर्बत सङ्ग्राहलय र फिल्म सोसाइटी फेडेरेसन नेपाल सगको सहकार्यमा शुरु भएको महोत्सवलाई हरेक बर्ष डिसेम्बर महिनामा निरन्तरता दिने पोखरा फिल्म सोसाइटीका अध्यक्ष घनश्याम लामिछानेले बताए ।

Post Comment