काठमाडौँ । आजको एपिसोडबाट टप ५ बाट टप ४ प्रतिस्पर्धी भएसंगै नेपाल लोक स्टारको फाइनलिस्टहरू तयार भएका छन ।
ओपन अडिसनबाट छनौट भएका ३५० प्रतिस्पर्धीहरुलाई प्रदेश अनुसार जज अडिसनमा सहभागी गराइएको थियो। जज अडिसनबाट १०९ प्रतिस्पर्धी छनौट भइ मेगा अडिसनमा प्रवेश गरेका थिए। जसबाट शीर्ष २५ को छनोट भएको थियो ।
नेपाल लोक स्टार असार १२ गतेबाट प्रत्येक बिहीबार र शुक्रबार बेलुकी साढे ८ बजे एपी वान टिभीबाट प्रसारण भैरहेको छ । नेपाल लोक स्टारको मुख्य प्रायोजन आइएमई कम्पनीले गरेको छ ।
यो प्रतियोगिताबाट ३ जना विजेता छनौट गरिने छ। जसमा प्रथम विजेतालाई ५० लाख दोस्रोलाई २५ लाख र तेस्रोलाई १० लाखनगद पुरस्कारका साथै तीनै विजेतासँग एल्बम निमार्णको सम्झौता गरिने छ।