शनि विश्वकर्मा बने पहिलो ‘नेपाल लोक स्टार’ विजेता

शनि विश्वकर्मा बने पहिलो ‘नेपाल लोक स्टार’ विजेता
कला - संगीत समाचार

काठमाडौं , ८ कार्तिक । नेपाली मौलिक लोक गित संगीतलाई प्रवर्धन गर्ने उदेश्यले आयोजना गरिएको पहिलो ‘नेपाल लोक स्टार’ को उपाधि रोल्पाली ठिटो शनि विश्वकर्माले जितेका छन । जितपछि उनले नगद ५० लाख रुपैया र ट्रफी हात पारेका छन ।

त्यसैगरी चेतन गोतामे रनर अप भएका छन ।  उनले नगद २५ लाख रुपैया र १५ लाख रुपैया बराबरको लाइफ इन्सोरेन्स पनि प्राप्त गरेका छन । उदयपुर कटारीका विनोद दनुवार तेस्रो हुन् सफल भएका छन । उनले नगद १० लाख प्राप्त गरेका छन ।

Post Comment