कमल सरगम
भाद्र -काठमाण्डौ
“दशैँ तिहार मान्नलाई आउँन पियारा ,मेरो अरु को छर तिमि भनेरनै मैले संसार छाडेर तिम्रो समिपमा आए तर तिमि परदेशमा छौ म एता एक्लै रुदै रुदै चार्ड पर्व मनाउनु बाहेक केहि बिकल्प छैन ।जति दुख परेनी बरु आफ्नै गाउमा कुटो कोदालो गरेर खाउला त्यता तिमि कति दुखमा जिन्दगी बेतित गरिरहेको छौ म एता आसुमा रोमालिरहेको हुन्छु आउ पियारा दशैँ तिहार मान्न गाउ घरमै आउ”।यस्तै शब्दभावमा अनुबन्धित चर्चित सर्जक ऋषि खड्का र बहुचर्चित लोकदोहोरी गायिका बिष्णु माझीको सुमधुर आवाजमा यसपालिको दशैँ गीत “परदेशी”बजारमा आएको छ ।बर्षेनी दशैको गीतमा निकै चर्चामा आउने ऋषि खड्का यो पटकको दशैमा पनि बाजी मार्ने पक्का देखिन्छन ।गणेश अधिकारीको उत्कृष्ट शब्द र ऋषि खड्काको लय सृजनामा तयार भएको गीत बजारमा आए लगातै आम दर्शक स्रोताको मन जित्न थालिसकेको छ ।पछिल्लो पटक अत्यन्तै चर्चामा रहेको म्यूजिक कम्पनि मगर क्रियशनको दशैँको सुभकामना सहित बजारमा आएको गीतमा अभिनय भने सारिका र आशिषले गरेका छन ।कपिल लामाको निर्देशनमा तयार भएको गीतको म्युजिक भिडियोमा छायांकन भने राजेश घिमिरेले गरेका हुन् ।सुजन साहिको सम्पादनमा निर्माण भएको भिडियो अहिले डिजिटल बजारमा चर्चामा छ ।यस गीतको सम्पूर्ण टिमलाई हार्दिक बधाई व्यक्त गर्दछौ ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस ।