कमल सरगम
भाद्र -२७ काठमाण्डौ
छोटो समयमा सबैको मन जित्न सफल गायक हुन् यूवराज छन्त्याल ।“चाइना तिर जाम” एल्वमबाट चर्चा बटुलेका गायक यूवराज छन्त्याल पछिल्लो पटक अर्को उत्कृष्ट लोकदोहोरी गीत “लास्टै टेन्सन भो” लिएर दर्शक श्रोताहरुको माझमा आएका छन । गायक युवराजकै लय तथा शब्दमा रहेको उक्त गीतमा गायक यूवराज छन्त्याल र सबैको मन जित्न सफल चर्चित गायिका देविका के.सी.को स्वर रहेको छ ।
गीतले आफ्नो सस्कृतिलाइ छोडेर विदेशी सस्कृतिको पछि लाग्नु हुन् भन्ने शन्देश बोकेको छ । छन्त्यालले “जहाजै चढेर बुर्तिबाङ्ग जाने हो”, सालैजो पोखराको बजारमा, चाइना तिर जाम, र फेस्बूक्ले हो हाम्रो भेट गराएको गीतमा स्वर दिइसकेका छन । “फेस्बूक्ले हो हाम्रो भेट गरको ” गीत भने अशोज १ बाट बजारमा आउने जानकारी दिएका छन ।
रोजगारीको सिलसिलामा कतारमा कार्यरत गायक छन्त्यालले समय सान्दर्भिक गीत गाउदै आइरहेका छन । यतिबेला छन्त्याल आफ्नो गीत प्रोमोशनको लागि कतारका विभिन्न स्टेज प्रोग्रामहरुमा उपस्थिति जनाई रहेका छन ।
भर्खरै मात्र सार्वजनिक गरिएको “लास्टै टेन्सन भो” गीतको भिडियोमा स्मिर्ति तिमिल्सिना “गुरुआमा”को निर्देशन रहेको छ । सुरेश श्रेष्ठको छायांकन तथा दिपक बिष्टको सम्पादन रहेको गीतको भिडियोमा चर्चित मोडेल शंकर बि सी र रश्मि तामाङ्गको अभिनय गरेका छन । गीतलाई आशिष म्युजिक प्रालिले बजारमा उपलब्ध गराएको हो ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस