चर्चामा छाउन हट भिडियो सार्वजनिक

मनोरन्जन

poonam-pandayमुम्बई । पछिल्लो समय चर्चा विहिन बनेकी मोडल तथा नायिका पूनम पाण्डे एक भिडियोका कारण चर्चामा आएकी छिन् । पूनम पाण्डे अभिनित छोटो चलचित्र ‘द विकेन्ड’को केही अन्तरंग दृश्य इन्टरनेटमा लीक भएको छ । सोही भिडियोका कारण अहिले पूनम मिडियामा छाएकी छिन् ।

चलचित्रको बारेमा जानकारी दिन आयोजित कार्यक्रममा पूनमले यो भिडियो आफूले चर्चामा आउनका लागि नै सार्वजनिक गरेको बताइन् ।

पूनमले भनिन्(‘म कुनै कपुर खानदानबाट आएकी होइन । यसैले कन्ट्रोवर्सीको छोटो बाटो रोजेकी हुँ ।’ पूनमलाई लाग्छ कि मिडियाले उनलाई छोटो कपडा र विवादित बयानका कारण चर्चामा ल्याइदिएको छ ।

उनले आफूले गरेको कामलाई सही पनि बताएकी छिन् । आफू यो स्थानमा आफ्नै बलले पुगेको भन्दै यी हट सुन्दरीले चर्चा पाउनका लागि नै विभिन्न हर्कत गरेको बताइन् ।