६ असोज ,काठमाडौँ । असोज ८,९ र १० गते काठमाडौको प्रज्ञाप्रतिष्ठानमा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल को छैठौ महाधिवेशन हुने भएको छ ।
यतिखेर सामाजिक सञ्जालमा उम्मेदवारहरुको चर्चा संगै कलाकारहरुले उमेरदार घोषणा समेत गरीरहेका छन् । प्रतिष्ठानको अध्यक्षमा तत्कालिन वरिष्ठ उपाध्यक्ष बद्री पंगेनीको उम्मेदवारी दिएका छन् । गायक विष्णु खत्रीले पनि अध्यक्षमा उम्मेदवारी दिने भएका छन् ।
अहिले सम्म कुनै पनि पदको भुमिका नखोजेका गोरखाली कलाकारहरु भने यस पल्ट चुनावमा उमेरदार घोषणा गर्न थालेका छन् ।झण्डै १४ बर्षको सांगीतिक अनुभव बटुलेकीचर्चित गायिका मुना थापामगर केन्द्रिय सदस्यमा चुनाबी मैदान मा होमिएकी छिन ।
त्यस्तै लोक गीत संगीतमा आफ्नै फरक पहिचान बनाएका गायक चर्चित गायक बिरही कार्की पनि यस पल्ट केन्द्रीय सदस्यमा उठ्ने भएका छन् । प्रतिष्ठानलाई सबैको साझा चौतारी बनाउनपर्छ भन्नेमा जोड दिने गायक कार्कीले चुनाब जित्ने सम्भावना बलियो रहेको कलाकारहरु बताउछन् ।
गोरखाका अर्का गायक हुन गणेश गुरुङले पनि हाधिवेशनमा केन्द्रिय सदस्यमा प्रतिस्पर्धा गर्दैछन । जनजाती समुदायमा हुर्केका गुरुङले यस पटकको म यूवा बर्गमा आफ्नै ट्रेडमार्क बनाउन सफल मानिन्छ्न उनि ।