काठमाडौं, १० असोज । ‘मिस मंगोल नेपाल–२०१६’ को ताज काठमाडौं निवासी प्रीति गुरुङले जितेकी छन् । शनिबार राजधानीको भद्रकालीस्थित आर्मी अफिसिर्यस क्लवमा सम्पन्न प्रतियोगितामा स्नातक अध्ययनरत पाँच फिट चार इञ्च प्रीतिले उपाधिसँगै एक लाख रुपैयाँ पुरस्कार पनि हात पारेकी छन् । उनले मिस पब्लिक च्वाइसको उपाधीसमेत हात पार्न सफल भइन् ।
सिंगापुर इन्टरप्राइजेजको शिर्ष प्रायोजनामा भएको प्रतियोगितामा २५ युवती अन्तिम प्रतिष्पर्धामा उत्रिएका थिए । जसमा धनकुटाकी बरुना राई र दैलेखकी योजना थापामगर क्रमशः फस्ट रनरअप र सेकेण्ड रनरअप घोषित भए । योजनाले मिस ट्यालेन्टको उपाधी पनि हात पारिन ।