उत्कृष्ट मर्मस्परसी गीत “दशैँ आयो कुटुक्कै मन खायो”(भिडियो सहित)

मनोरन्जन

कमल सरगम
असोज -१० काठमाण्डौ
“संचार कर्मी पुलिस ड्रइभर दाइ सधै जीवन बन्दकी अर्कालाई
दशै आयो कटक्कै मन खायो छुट्टी पाउने केहि निधो भाछैन
यो साल घर आउला झैँ लाछैन”
हुन त मानिस जब जन्म लिन्छ दुख पिडा र बेदना हरु पनि संगै जन्मिएका हुन्छन । हुर्किदै बढ्दै जाने क्रममा आफ्ना हरेक आवश्यकता हरुलाई परिपूर्ति गर्ने क्रममा हरेक बद्ध्यता र बिवास्तामा बधिनु पर्ने हुन्छ । चाहे देश र जनताको सुरक्षामा खटिने सुरक्षाकर्मि र जनताको सुचनाको हक र अधिकार को लागि खटिने संचारकर्मी तथा पत्रकार हरु होस् वा जनतालाई आफ्नो गन्तव्य सम्म पुर्याउन दीन रात खटिने ड्रइभरहरु दाइहरु होस् । आफ्ना चाहाना र खुशी र उमङ्ग हरुलाइ नै मन भित्र लुकाउनु पर्ने बाध्यता हुन्छ । यस्तै पिडा वेदना र मर्मलाइ शब्द मालामा उनेर सुमधुर लयमा मिठास आवाज भर्ना सफल भएका छन् गायक तथा सर्जक शोभराज शाह (प्रकाश ) हिम्सम्झौता डिजीटल प्रालि बाट बजारमा आएको यो गीत निक्कै मिठो बनेर आयको छ । श्याम .प्रकाश हिरा र मिसा को आभिनाया रहेको यस गीतको म्युजिक भिडियो को निर्देशन केशव कोइराला, महेश थापा र प्रेम लाल श्रेष्ठ को रहेको छ भने यस गीतको अडियो भिडियो बजार ब्यबस्थापन हिम्सम्झौता डिजिटल प्रा.ली ले गरेको छ ।
भिडियो हेर्न तलको लिंक मा क्लिक गर्नुहोस ।