संसारमा धेरै शरणार्थी छन् । ति शरणार्थीमध्ये भूटानी शरणार्थी पनि पर्छन । नेपाली भाषी भूटानीहरू अहिले संसारभरी नै पुगिसकेका छन् । उनीहरूलाई देशको राजा बैरी भएर जबरजस्ती देशबाट धपायो । देश वियोगमा परेका तिनीहरु पुर्ख्याैली थलो नेपाल पुगेर त्यँहा वर्षाैंसम्म शरणार्थीको दर्जामा बस्न बाध्य भए । यस्तो दुःखद राजनीति झेलेका भए पनि नेपाली भाषी भूटानीहरूको तन,मन भने सदैव नेपाली नै रह्यो ।
नेपाली भाषा,साहित्य,संगीत,कला र समाजका क्षेत्रमा देखिएको नेपाली भाषी भूटानीहरूको उपस्थिति उनीहरूको नेपाली पहिचानको स्वर्ण दस्ताका रूपमा सदयाैंदेखि दाखेल छ । पछिल्लोचोटी नेपाली भाषी भूटानी गीतकार राकेश काफ्लेका एकल शब्दरचनामा रमेश कँडेलको एकल एल्बम “प्रयास” ले अमेरिका र डायसपोरामा रहेको नेपाली गीतसंगीतको बजार कब्जा गर्दै गरेको अहिलेको बर्तमान पनि भूटानीहरूको नेपाली संगीति फाँटको सफलता,प्रगति र सम्राज्यको एउटा दर्बिलो धरोहर हो ।
नेपाली भाषी भूटानी युवा गीतकार राकेश काफ्लेका एकल शब्दरचनाहरू अनि नव उदयमान गायक रमेश कँडेलको एकल आवाजमा विभिन्न भावमा संगृहित “प्रयास” गीत तथा गजलहरूको संगालो एल्वम चाँडै आउने जानकारी प्राप्त भएको छ । उक्त संकलनमा एक गजल र पाँच समसामयिक आधुनिक गीतहरू रहेको गीतकार राकेश काफ्लेले बताउनुभयो ।
” यो सहर मैले छाडेपछि “, ” न्यूयोर्क सहरमा ” र ” तिम्रो लजाउने स्टाईल बेग्लै ” नामक गीतहरूमा संगीत साधना संगीतकार गायक सी. डी बिजय अधिकारीले भरेका छन् भने संगीत संयोजन क्रमश किरण कँडेल, उदयराज पौडेल र राजू कार्कीले गरेका छन्।” मुटु फोरी जानेलाई ” गीतमा संगीतकार राजु कार्कीले संगीत भरेका छन् भने संगीत संयोजन बिष्णु अधिकारी गरेका छन्। त्यस्तै ” डिम्पल गालैमा ” बोलको गीतमा संगीतकार बसन्त सापकोटाले संगीत भरेका छन् भने संगीत संयोजन उदयराज पौडेलले गरेका छन् र ” हर्रा बोटे साईली ” बोलको गीतमा संगीतकार रमन गायकले संगीत भरेका छन् भने संगीत संयोजन महाराज थापाले गरेका छन्, गीतकार राकेश काफ्लेले बताउनुभयो ।
सधै युवा प्रतिभाहरूलाई अगाडी ल्याउने क्रममा, यसपल्ट भने युवा सुमधुर स्वरका धनी गायक रमेश कँडेललाई यस एल्वम मार्फत अगि बढाँउदै छन् गीतकार काफ्ले । काफ्ले भन्छन्,” बल्न कोसीस वा बली उज्यालो छर्न सक्ने क्षमता भएका दियो बाल्ने मेरो इछ्या र प्रयास सधा रहनेछ, त्यसैको निरन्तरता हो “प्रयास” एल्वम पनि।” गीतकार काफ्ले थप्छन्,” नव युवा गायक रमेश कँडेल एक नक्षत्र भई नेपाली सांगितिक आकाशमा सधा चम्किने छन्, यो मेरो विश्वास हो।” यस एल्बमलाई कँडेल परिवारले निजीरूपमा बजारमा ल्याउन लागेको गायक रमेश कँडेलले बताउनुभयो ।
यही एल्बम प्रकाशन विषयको एक प्रसंगमा भूटानी साहित्यकार पुरानाघरेले भने,”शरणार्थीका रूपमा तेस्रो देश पुगेका युवाहरूले निजिरूपमा चाैतर्फी बिकास गरिरहेका छन । भूटानीहरूको साहित्य,संगीत र समाज जता पनि माहोल मर्दैछ दिन दिनै तर पनि निजिरूपमा अत्यन्त धेरै प्रतिभाहरू आइरहेका छन । त्यसो भएको हुनाले भविष्यमा डायसपोरामा रहेका भूटानीहरूको साहित्य, संगीत र समाजमा प्रतिनिधि माहोल निर्माण हुने विषयमा म आशावादी छु ।”
चिराङ भूटानमा देवी र दमन्ता कँडेलका माईला सन्तानका रूपमा २५ वर्ष अगाडि जन्मिएका रमेशले भूटानबाट लखेटिएर नेपालमा पहिलो मृत्यु तगेका सबै नेपाली भाषी भूटानीहरूका पिडा पचाएका छन् । नरम बोलि,अन्तरमुखी स्वभाव,त्यागी विचार र मिलासार चरित्रका उज्जवल प्रतिभाका रूपमा स्थापित हुँदै गरेका कँडेल अहिले अमेरिकाको भर्जिनीया राज्यमा बस्छन र समग्र अमेरिकालाई कर्म थलो बनाउनु निकै लागि परिरहेका देखिन्छन् ।
भवसागर जस्तै ठूलो देश अमेरिकामा थोरै नेपाली भाषीहरू, नगन्य साँगीतिक माहोल, सुशुप्त साँगीतिक भविष्य र दैनिकीका वावजुद पनि केही वर्ष यता निरन्तर चर्चामा रहेका कँडेल २०१५ मा सक्षम समुहको प्रस्तुति “वर्षा वेस्ट पर्फरमर” मा पहिलो स्थान चुम्न सफल भएका थिए ।
त्यसो त सन १९८० को दशकमा भूटानको तानाशाही रातन्त्रले नेपाली मूलका नागरिकका विरूद्धमा अख्तियार गरेको जातिय सफाय नीतिको सिकाएर भएर सन १९८८ देखि १९९३ सालसम्म भूटानबाट लखेटिएका नेपाली मूलका भूटानी नागरिकहरूले नेपालका पुर्वी झापा र मोरङका सात शरणार्थी शिबिरहरूमा २० वर्षसम्म घरदेश जाने सपनामा सुनाैलो भाग्यको कल्पना संगाल्दा पनि केही सिपार नलागेपछि नेपालमा रहेका भूटानी शरणार्थीहरूलाई तेस्रो देश पुनर्बास गराइएपछी शरणार्थीहरूले विभिन्न पक्षमा चमत्कार नै देखाएको विज्ञहरू बताउँछन ।
कला क्षेत्रमा सानैदेखि मेधावी प्रमाणित युवा राकेश काफ्ले पुनरबास कार्यक्रमपछि बहुप्रतिभावान स्थापित भएका छन त्यसो त क्षमता र विद्वता हुँदा हुँदै पनि शरणार्थी शिविरमा कैद भएका शरणार्थी युवाहरूपुनर्बास कार्यक्रम सँगसँगै संसारका विभिन्न कुनामा डायसोरा नामको भूटान लिएर भूगोलभरि उभिइरहेका पाइन्छन । CDM Music Creation ले बजार व्यवस्थापन गरी बजारमा ल्याइएको “प्रयास”ले, गीतकार काफ्लेको एकल शब्द/रचना रहेको “तुलसी मन्जरी”लेझैं, “प्रयास”ले चर्चा बोटुल्छ-बोटुल्दैन त्यो भने हेर्न बाँकी नै छ।