कमल सरगम
असोज-काठमाण्डौ
नेपाली सुगम संगीत क्षेत्रमा अर्को प्रश्न जन्मिएको छ ।सुगम क्षेत्रका नबोदित गीतकार धनबिर पुनको उत्कृष्ट शब्दहरुमा “प्रश्न” नामक आधुनिक गीति एल्बम आज राजधानीको युनियन हाउसमा सार्वजनिक भएको हो ।संगीतकार सम्भुजित बास्कोटाको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा नेपालीहरुको महान पर्व बिजय दशमीको शुभकामना आदान प्रदान सहित कार्यक्रम आयोजना गरिएको थियो ।धनबिर पुनको प्रश्न एल्बम भित्र ६ वोटा गीतहरु समाबेस गरिएको छ ।अन्जु पन्तको आवाजमा “फुल सरी”,प्रमोद खरेलको आवाजमा “खै कसरी”,श्रेयसी चेम्जोङको आवाजमा “जतिसुकै”टिका भण्डारी र दुर्गा परियारको आवाजमा “त्यो सुन्दर गाउमा “,श्रेयसी चेम्जोङको आवाजमै “मै मरि गए पनि”,र टिका भण्डारी ,विश्व नेपालीको,रीता केशी ,श्रेयसी चेम्जोङको आवाजमा”संसारमै खोजिहेर” समाबेस गरिएको छ ।गीतमा संगीत भने चर्चित संगीतकार राजकुमार बगरले ४ वोटामा संगीत भरेका छन् साथमा टिका भण्डारीले २ वोटा गीतमा संगीत भरेका हुन् ।२ दशक प्रबासमा बसेर पनि गीत संगीतको माया दर्शाउदै आएका पुन पहिलो पटक सांगीतिक क्षेत्रमा प्रबेस गरेका हुन् । धनबिर पुनले सृजना गरेका हुन् ।सबै गीतको म्यूजिक भिडियो पनि निर्माण भएको कम्पनि संचालक राज काफ्लेले बताउनु भयो ।कार्यक्रमको सभापतित्व गर्दै काफ्लेले भन्नु भयो “नेपाली सुगम संगीतमा सधै कामना डिजिटलले अग्रसर रुपमा अगाडी बढिरहेको र म आफ्नो ज्यान समर्पण गरेर भएपनि यो क्षेत्रलाइ निरन्तरता दिने छु”।