बलिउडका २ चर्चित सुपरस्टार यशराज ब्यानरको नयाँ चलचित्र ‘ठग’मा एकसाथ देखिदैछन् । नायकद्धय अमिताभ बच्चन र आमिर खान एकसाथ यो चलचित्रमा देखिन लागेका हुन् ।
यसैले पनि अहिले यो चलचित्रलाई लिएर दर्शक र बलिउडकर्मीमा उत्सकुता थपिएको छ । मिडिया कुराकानीका क्रममा नायक अमिताभ बच्चनले आमिरलाई ‘उत्कृष्ट कलाकार’ भनेका छन् । अमिताभले भने-‘आमिर निकै राम्रा कलाकार हुन्, म होइनँ ।’
उनले आमिरको चलचित्र र प्रस्तुती हेरेर आफूले मनोरञ्जन लिने भन्दै ‘पीके’ नायकलाई आफूसँग तुलना गरेका हुन् । यो चलचित्रलाई विजयकृष्ण आचार्यले निर्देशन गर्दैछन् । केही समय अगाडि नायक आमिर खानले अमिताभ बच्चन जस्ता कलाकारसँग काम गर्ने आफ्नो सपना भएको बताएका थिए ।