सानै देखि मोडलिङ क्षेत्रमा जम्ने सुर राखेकी झापा दमककी दीक्षा कुवरको सुर सार्थक भएको छ । टिनएज पार गर्नै लागेकी दीक्षाले ‘झुपडीको जिन्दगी’बाट चलचित्र क्षेत्रमा ‘डेब्यू’ गरेकी थिइन् । झुपडीको जिन्दगी, प्लेब्वाई, कलंक (भोजपुरी चलचित्र), सम्झिदिए पुग्छ, अभियुक्त र ॐ लगायतका चलचित्रमा हिरोइन बनिसकेकी दीक्षा अहिले चर्चामा आएकी छिन् ।
५ फुट ६ इन्च अग्ली दीक्षाको इच्छा एकपछि अर्को सार्थक हुनुमा उनको फिजिकल सुन्दरता, अभिनय क्षमता अनि नशालु आखा नै हो । छोटो अवधिमै मनग्गै चर्चा बटुल्न सफल दीक्षालाई घर परिवार र समाजबाट पनि निकै ठूलो सहयोग मिलेको छ रे । प्रेमको चक्करमा फसिसकेकी दीक्षालाई कसैले स्वच्छ नियतले डेटिङको प्रस्ताव राख्यो भने उनले स्वीकार्ने बताइन् ।