अमेरिकाको कोलोराडोमा आयोजना भएको हाङ जिते दस्ती साँझ ५०७६ मा चर्चित गायक राजेशपायल राईको साथै अन्य कलाकारहरुको बेजोड प्रस्तुती रहेको थियो । स्थानिय कलाकार अनि गायक महेश बुढाथोकीको प्रस्तुती पछि कार्यक्रम प्रस्तुताले जब चर्चित गायक राईलाई स्टेजमा बोलाए तब दर्शकमा एक प्रकारको बेजोड आवाज निस्क्यो । गायक राईले तिमीले बाटो फेर्यौ अरे अर्कैलाई हेर्यौ अरे गीत गाउदै स्टेजमा प्रवेश गरे । जब राई स्टेजमा चढे त्यसपछि कार्यक्रम झनै संगितमय बन्यो ।
दर्शकहरु राईलाई साथ दिदै उनीसंगै गीत गाउन थाले । कार्यक्रमका मुख्य आकर्षण राईले दर्पण छायाँ २, नाई नभन्नु ल, दर्शन नमस्ते, किन यति धेरै माया लाग्छ नि हाउ, ठूली, माली हाई गाईको, बसमा छैन यो मनलगायत दर्जनौ गीत कार्यक्रममा प्रस्तुत गरे । उक्त कार्यक्रममा गायक महेश बुढाथोकीले दर्शकलाई भरपुर मरोरन्जन प्रदान गरेका थिए । मालती मगर र धन राईको ‘सै ढोल सै’ बोलको गीतमा स्वागत नृत्यबाट सुरु भएको कार्यक्रममा सुरेन राईको गायन, आशिका, सुस्मिता र कल्पनाको ‘कम्बर माथि पटुकी बोलको’ नृत्य, सिता दाहाल राईको गायन, मिरा गुरुङ र समूहको सामूहिक नृत्य, धन राई र दिलु राईको ‘नतान नतान मेरो चुल्ठी’ बोलको नृत्य ,सुधिर राईको गायन आदी समावेश गरिएको थियो।
ठुलो सङ्ख्यामा दर्शकहरुको साथ पाएको उक्त कार्यक्रमको समापन अध्यक्ष भीम राईको धन्यवाद ज्ञापनबाट भएको थियो।
कार्यक्रमबाट मनोरंजन लिए पनि दर्शकहरुको चित्त नै बुझेन
माङ्गखिम चुला घरको निर्माण सहयोगार्थ आयोजित उक्त कार्यक्रममा दर्शकहरुको खचाखच नै थियो। कार्यक्रममा किरात सोसाइटीका अध्यक्ष चन्द्र राई, भूपू अध्यक्ष आकाश राई, संयोजक भीम क्षितिज राई, देबेन्द्र राई, दिवस राई, रोशन राई, राज राईलगायतको टिमले कार्यक्रम सफल बनाउनको लागि कुनै कार्य छोडेका थिएनन कार्यक्रम सफल बनाउनको लागि उनीहरु अत्यन्त सफल रहे पनि तर, गायक राजेश पायल राई स्टेजमा उक्ले पछि अनि आफ्नो प्रस्तुती प्रस्तुत गर्न थाले पछि जति नै व्यस्थापन गर्न खोजे पनि कार्यक्रममा दर्शकले कार्यक्रमको बीच भागमा राईसगै नाच्दै गाउदै गर्दा स्टेज नजिकमा रहेको एउटा बत्तिको स्टेन झन्डैले भाचिएको थियो ।
कार्यक्रमको अन्त्य तिर सो टिमलाई अम्मे अम्मे नै पर्यो जब गायक राजेश पायल राईको अन्तिम प्रस्तुती पछी दर्शकहरु स्टेजमा उक्लेर राईसगै नाच्दै गाउदै फोटो सेसन गर्न थाले । त्यो भिडलाई आयोजकका सक्रिय सदस्यहरुले व्यस्थापन गर्न निक्कै प्रयास गरे तर तुरुन्तै सकेनन । कति दर्शकले फोटो सेसन गरेर खुसी भए भने कति दर्शकहरुले गायक राजेशसंग फोटो सेसन गर्न नपाएकोमा चित्त दुखाउदै गुनासो आयोजकसामु राख्दै थिए । आयोजक समितिका केहि सदस्यहरु चाहि गायक राजेश अक्टोबर २० तारिक सम्म बस्नु हुन्छ कोलोराडोमा त्यती बेलासम्म फोटो सेसन गर्नु नि भन्दै दर्शकसामु अनुरोध गर्दै थिए ।
स्टेजमै गायक राईले दिए गायक बुढाथोकीलाई डाइलोक
कार्यक्रममा अर्को सिन पनि देखियो । लोकगायक महेश बुढाथोकी र गायक राजेश पायल राई बीचको बातचित । दर्शकहरु त्यो सिन अनि अनि बन्चित हेर्दै सुन्दै हासीरहेका थिए । अमेरिकाको एक कार्यक्रममा नेपालका दुई गायकहरुको यस्तो बातचित सुन्दा दर्शकहरु ताली पिटिरहेका थिए ।
गायक राईले बुढाथोकीलाई कार्यक्रमको स्टेजमै भने:-`महेश जी मेरो प्यारा मित्र हुनुहुन्छ । उहाँ राम्रो गीत गाउन हुन्छ । तपाईं पनि यहाँ (कोलोराडो) आइपुग्नु भएछ होइन ? बुढाथोकीले भने,’- झन्डै झन्डै १ वर्ष हुन लाग्यो । त्यस पछि राईले भने:-`बाफ्रे, अब नेपाल छोड्ने होला नि है !’ पुन: राई बोले:-`हाम्रो नेपाली कलाकारहरु यस्तै हुनुहुन्छ (बुढाथोकीलाई) देखाउदै उहाँलाई पेच पार्दिन । नेपाली परिवेश त्यस्तै छ । नेपाललाई नबिर्सिने होला ! तपाईले गीत यहाँबाटै रेकर्डिङ गर्दा पनि हुन्छ । मिलेर काम गरौ ! ‘