लाक्पा शेर्पाको नेपाल आमा भाग-२ गीत सार्वजनिक

मनोरन्जन

लाक्पा शेर्पा “नेपाल आमा” पछी “नेपाल आमा” भाग-२ गीतका साथ फेरी आफ्ना स्रोताहरुका मांझ आएका छन । गत बर्ष नेपालको नाकाबन्दि, भूकम्प अनि बिदेशिन बाध्य नेपालीहरुको समस्यामा आधारित बिषय बस्तुलाई आधार बनाइ शेर्पाले “नेपाल आमा” सार्वजनिक गरेका थिए ।

“नेपाल आमा” भाग-२ गीतको अडियो रेकोर्डइङ सम्पन्न भएको छ र युट्युव मार्फत गित  सार्वजनिक भएको छ । यो गीतको म्युजिक भिडियोमा काम भैरहेको र छिटै नै म्युजिक भिडियो पनि सार्वजनिक गरिने जानकारी शेर्पाले दिए । शेर्पा “लाक्पा याक” नाम मार्फत आफ्ना फ्यानहरुसँग परिचित छन ।

यो यल्बम तयार पार्दा नेपाली युवाहरुलाई देश बिकास गर्नको लागि अभिप्रेरित गर्ने उद्देश्यका साथ गरिएको शेर्पा बताउछन । कुनै पनि व्यक्ती बिशेषको लागि नभैइ सम्पूर्ण नेपाली समुदायको लागी सन्देश बोकेको बताउने शेर्पा बताउने शेर्पा आफै यस गीतका रचनाकार हुन ।

गीत संगीतमा एउटा छुटै शक्ती हुने र गीत संगीत मार्फत पनि आफ्नो जन्म भुमि, आफ्नो मातृ भुमीको लागि केहि गर्न सकिन्छ भन्ने सोचका साथ गीत गाउने गरेको शेर्पा बताउछन ।

“नेपाल आमा” भाग-२ गित: