बुसान अन्तराष्ट्रिय फिल्म सभामा नेपाली फिल्मको चर्चा

मनोरन्जन

९,कार्तिक | दक्षिण कोरियाको पर्यटकीय नगरी बुसानमा सम्पन्न एसियन फिल्म कमिसन नेटवर्क (एएफसी नेट)को तेस्रो साधारण सभामा नेपालले सहभागिता जनाएको छ । उक्त सभामा नेपालको प्रतिनिधित्व गर्दै चलचित्र विकास बोर्डका सदस्यहरु उत्तम केसी र अशोकप्यासी राई त्यहा गएका थिए।

विश्व भरका विभिन्न देशले उक्त सभामा सभागिता गरेको थियो, जाहा नेपाली सिनेमाको बारेमा समेत चर्चा भयो । एएफसी एसियाली मुलुकका सिनेमा बन्ने देशहरुको प्रतिनिधी एवं व्यावसायीक संघ संस्थाको साझा संगठन हो जसमा १८ मुलुकका रेगुलर र एसोसिएट गरी ५८ संघसंस्था सदस्य रहेका छन् ।

सभामा कोरियाका चोइ युन एएफसी नेटको अध्यक्षमा चयन भए । चयन पछि युनले भने ‘२१ औं शताब्दीमा चलचित्र एउटा सांस्कृतीक उद्योगका रुपमा स्थापीत भएको छ, जसले संसारलाई जोड्ने सामथ्र्य राख्दछ’ । सो अवसरमा ‘सिने विज एसिया’ सेसनअन्तर्गत अन्तरदेसीय व्यावसायीक साझेदारी, सम्भावित लगानीकर्ता, सहनिर्माण, विदेशमा छायांकनस्थलको खोजी लगायतका विभिन्न विषयमा छलफल भएको नेपालबाट सहभागी केसी र राईले जानकारी दिएका छन् ।

कार्यक्रममा बुसान फिल्म कमिसनले लञ्च गरेको ‘लिंक अफ सिने एसिया’को बारे चर्चा समेत भयो । विश्वमा फिल्म निर्माणमा देखिएको परिवर्तित शैली र प्रविधीलाई आत्मासाथ गर्ने उदेश्यका साथ स्थापना भएको पहिलो सभामै १४ देशका ८५ भन्दा बढी सिनेकर्मीको सहभागीतमा सम्पन्न भएको थियो।

Post Comment