१० , कात्तिक । नेपाली समाज कण्डम शब्द अझै पनि खुलेर उच्चारण गर्ने सम्म पुगिसकेको छैन । समाजमा यसको प्रयोग गर्न हिच्किचाउने मात्रै होईन , उपयोगिता बारे नबुझेका थुप्रै भेटिन्छन् । यस्तै नेपाली समाजलाई कण्डमको उपयोगिता र यसको प्रयोग बारे जानकारी दिन जनचेतनाका लागी एउटा रमाईलो गित र त्यसको भिडियो बजारमा आएको छ । ‘कण्डम गीत’ सुन्दा अप्ठेरो लाग्न सक्छ ।
[youtube https://www.youtube.com/watch?v=RaFoel_s99M]
यो गितमा अल्मोडा राना उप्रेती र सुजाता बर्माको स्वर रहेको छ भने सँगीत अल्मोडाकै रहेको छ ।
गीतको भिडियो पनि रोचक बनाइएको छ । रेशम फिलिली निर्देशक प्रणव जोशीले भिडियो निर्देशन गरेका हुन ।