१० , कात्तिक । नेपाली उखान छ, जस्तो देश उस्तै भेष । सामान्यतः त लोकतन्त्रपछि गुन्यू चोलो अनि दौरा सुरुवाललाई मात्र नभई नेपालका हरेक जाति र बर्णले लगाउने ड्रेसलाई राष्ट्रिय पोशाक मानिँदै आए पनि पुरुषको दौरा सुरुवाल अनि महिलाको गुन्यू चोलो नै नेपालीको खास संस्कृति झल्किने पोशाक मानिन्छ ।
यो पोशाकमा सजिन धेरै नेपाली लालायित हुन्छन् । अझ कलाकार भएपनि त जस्तैमा पनि फिट हुन आवश्यक हुन्छ । सबै प्रकारको पोशाकमा रमाउन सक्नुपर्छ । तर आश्चर्यपुर्ण कुरा के आयो भने अभिनेत्री सुरविना कार्कीलाई नेपाली साडी र चोलो लगाउँदा लाज लाग्यो रे !
सुरविनाले रातो साडी अनि कालो चोलो तथा सिउँदोमा सिन्दुर र गलामा पोते पहिलेको तश्विर सामाजिक सञ्जालमा सेयर गर्दै ‘लाज लाग्यो ।’ क्याप्सन लेखेकी छिन् । जुन कुराले पर्दामा अनि सार्वजनिक कार्यक्रममा निकै बोल्ड अनि अर्धनग्न दृश्यस्म दिनसक्ने सुरविना नेपाली खास पोशाक र संस्कृतिमा रम्न नै लजाएको भान दिन्छ ।
पर्दामा राम्रै खुल्नसक्ने सुरविना कथाले माग्दा आर्टिस्टिक रुपमा हट दृश्य दिन कहिल्यै पछि पर्दिन भन्दै मिडियामा तर्क गर्छिन् । तर यो भन्दैगर्दा उनले नेपाली पोशाक र संस्कृतिको हिमायती पनि आफुलाई बिर्सिनहुन्न । कलाकर्मी भएपछि प्रशंसा र आलोचना समय समयमा हुन्छ, आईरहन्छन् । तर कहाँ हान्दा कहाँ लाग्छ भन्ने किसिमले म के बोल्दैछु र के लेख्दैछु भन्ने तर्फ पहिले नै सचेत बन्दा राम्रो हुन्छ कि सुरविना ज्यू ?