१९ कात्तिक । विश्वकै कान्छा निर्देशक सौगात बिष्टको नया फिल्म ‘हैरान’ को राजधानीमा फिल्मको मुहर्त सगै छायांकन सुरु भएको छ ।
‘हैरान’ मा सरोज खनाल, गजित विष्ट, निश्मा घिमिरे, सत्यराज आचार्य, सागर लम्साल,सलोन बस्नेत, निर्मल शर्मा लगायतका कलाकारको अभिनय रहेनछ । यस अघि फिल्ममा आँचल शर्मा लिड अभिनेत्रीमा रहने भनिएता पनि मुहर्तमा भने उनलाई आरोही शर्माले रिप्लेस गरेकी छिन् ।
फिल्ममा कमेडी र इमोशन दुवै पार्ट रहने उनको भनाइ छ । यस अघि ‘लभ यू बाबा’ निर्देशन गरी गिनिज बुकमा नाम लेखाएका विष्टले यो फिल्म पनि उत्कृष्ट बन्ने विश्वास व्यक्त गरे ।
आम नागरिकले दैनिक काममा खेप्ने तथा हरेक पेशा तथा वर्गमा व्याक्तिहरुले खेपिरहेको हैरानीको कथा नै फिल्मको मुख्य विषयवस्तु रहने निर्माण टिमले बताएको छ । फिल्मलाई मुक्ति गुरुङ र डा.वाई.एल.लामाले निर्माण गर्न लागेका हुन् ।सौगातकी मम्मी सम्झना पोखरेल विष्ट कार्यकारी निर्माता हुन् ।