पहिलो एल्बम बजारमा ल्याउने तयारीमा तुल

मनोरन्जन

नेपाली गीत संगीतमा नेपाली भाषी भूटानी युवा पुस्ताहरुको पकड निकै नै बलियो बन्दै गईरहेको छ । लोकेश गुरुङ अनि किरण गजमेरहरुले तताएको सांगीतिक क्षेत्रलाई पुन तताउन तुल साम्सोहाङ राई बजारमा आउन लागेका छन ।

देश देखि भन्दा पनि देश बाहिर रहेका नेपाली भाषी भूटानी युवाहरुको सक्रियेता बढेर आएको छ अहिले नेपाली सांगीतिक क्षेत्रमा । बिगत धेरै लामो समय देखि उनी नेपालको सांगीतिक क्षेत्रमा सक्रिय  भएर लागिरहेका छन । उनी अहिले अमेरिकामा बसोबास गर्दछन तर बिदेशी भूमिमा समेत उनले निरन्तर रुपमा नेपाली गीत संगीतको जगेर्ना गरिरहेका छन ।

विभिन्न सांगीतिक कार्यक्रममा उनको प्रस्तुति निकै मन पराएको पाइएको छ । उनले थुप्रै कवर गीतहरु पनि गाईसकेका छन । तर अब भने उनले आफ्नो एकल एल्बमको तयारी गर्दैछन – धेरै लामो समय देखिको उनको नेपाली गीत संगीत प्रतिको इच्छा चाहनालाई उनले अहिले आएर सहि मार्ग दर्शन गर्दैछन्। नेपाली दर्शकहरुको टेस्टलाई बुझेर आफ्नो पहिलो एल्बमको निर्माण गर्न लागेको कुरा बताएका छन ।

गायक बाबु बोगोटीको संगीत, सौरभ तिम्सिनाको शब्द अनि राईको स्वरमा सजिएको एल्बमले नेपाली दर्शकहरुको मन जित्ने विश्वास उनले ब्यक्त गरेका छन् | उनले एल्बमको नाम अहिले नै नजुरेको र केहि समयपछि नाम जुराउने बताएका छन।

अबको केहि समयमा नै दर्शकहरुले आफ्नो प्रस्तुति हेर्न पाउने जानकारी उनले दिएका छन। त्यस्तै उनले सम्पूर्ण नेपाली दर्शकहरुलाई आफ्नो पहिलो प्रस्तुतिलाई हेरेर सुनेर सहि मुल्यांकन गरि कमि कमजोरीहरु औल्याएर सल्लहा सुझाबको साथमा अगाडी बढ्ने हुसला प्रदान गरिदिनु हुने हृदय देखि नै हार्दिक अनुरोध गरेका छन ।

tul-rai

Post Comment