धेरै चर्चा कसको ? एल्बम को कि मोडल मुना र भरतको !

मनोरन्जन

कहिले सञ्चार, कहिले साहित्य, कहिले गीत-संगीत त कहिले सामाजिक बिद्रोहका क्षेत्रमा नेपाली भाषी भूटानीहरू माझबाट विगत आधा दशक देखि शसक्त रुपमा चर्चित हुँदै आएका स्रष्टा राकेश काफ्लेको एकल शब्दमा रहेको एल्बम “तुलसी मञ्जरी”मा संगृहित रहेको “तोडेर नाता जाँदै छु प्रिय तिम्रो नजरबाट” बोलको गीतको म्युजिक भिडियो बजारमा आउनु भन्दा अगाडी नै सो भिडियोमा अभिनय गर्ने मोडलहरुको चर्चा चुलिन थालेको छ ।

नयाँ प्रतिभाहरूको खोजिमा सधै तल्लिन रहने काफ्लेले उक्त म्युजिक भिडियोमा मोडलको रुपमा मुना ओली र भरत तामाङ्गलाई समाबेश गरेका छन । अमेरिकाको सिकागो राज्यमा रहेर नर्सिङ अध्यायन गर्दै गरेकी मुनाले पहिलो चोटी म्युजिक भिडियोमा अभियान गरेकी हुन् भने  पेन्सिल भेनियामा रहेर अभिनय अध्यायन गर्दै रहेका भरत तामाङको यस क्षेत्रमा केहि अनुभाव भने पक्का थियो । मुनाले आफुले अभिनय गर्दा सुरुमा डर लागेको तर केहि समय पछि नर्मल भएको बताइन । उनलाई अहिले चाहि आफुले अभिनय गरेको म्युजिक भिडियोको नतिजा कस्तो आउछ भन्नेमा डर रहेछ !

दर्शकबाट सकरात्मक प्रतिक्रिया आए फेरी अन्य म्युजिक भिडियोमा अभिनय गर्न तयार हुने उनले बताइन । दर्शकले उनको लुक्स अनि बोल्ने शैलीलाई धेरै मन पराउने कुरामा उनी दुक्का छिन तर अहिले बजारमा दर्शकहरुले उनै नयाँ प्रतिभा २१ वर्षीय मुनाको लुक्स अनि बोल्ने शैलीको मात्र प्रशंसा गरिरहेका छैनन उनले सो म्युजिक भिडियो अभिनयको दौडमा खिचेको तस्बिरको निक्कै चर्चा गर्न थालिसकेका छन । सो तस्बिरले निक्कै चर्चा पाउन थालिसकेपछि उनले पनि प्रतिक्रिया दिंदै भनिन,’मलाई पनि धेरै राम्रो लागेको तस्बिर हो हो !’ सुटिङ्गको क्रममा गीतकार राकेश काफ्लेले खिचेको यो तस्बिरले म्युजिक भिडियो भन्दा धेरै चर्चा पाए के होला त्यो पछि सोच्ने कुरा हो तर, बजारमा आउन लागेको सो म्युजिक भिडियोमा दुई जनाको जोडी खुब जमेको देखिन्छ ।

क्यानाडामा रहेका चर्चित युवा संगीतकार अबिरल साँइलाको संगीत र काठमाण्डाै नेपालका चर्चित युवा गायक सिडि विजय अधिकारीको स्वरमा संगृहित रहेको उक्त म्युजिक भिडियोको श्रृंगार अमेरिकामा सम्पन्न बहेको छ । श्रृंगार मोडल राजेश साम्पाङले गरेका छन् भने पोष्टर डिजाइन काठमाण्डाै नेपालका व्यवसायिक डिजाइनर अनिल स्थापितले गरेका हुन् । नन्द ल्व्गुनको करियोग्राफी रहेको उक्त म्युजिक भिडियोको सम्पादन भरत तामाङले गरेका छन् त्यसैगरि भिडियोको निर्देशक केदार उप्रेती रहेका छन् ।

सम्भावनाको खोजिमा उत्रिएर जस्तो सुकै चुनाैति मोल्न पनि पछि नपर्ने गीतकार काफ्लेले चर्चामा रहेका मोडलहरूको हुलबाट नयाँ कलाकार मुना ओलीलाई अभिनय क्षेत्रमा भित्र्याएका छन् । नेपाली दर्शकले ओलीको कलाकारिता र काफ्लेको छनोटलाई मन पराउँछन् पराउँदैनन् त्यो त भने हेर्न बाँकी नै छ !

image-from-music-video-of-rakesh

Post Comment