पोखरा २४, कार्तिक ।
नोपली समाजमा बोक्सीको आरोपमा थुप्रै महिलाहरुलाई यातना दिने गरेका समाचारहरु आईरहेका हुन् । समाजमा गरिब अनि बृद्धबृद्धाहरुलाई यस्ता आरोप लागउने गरेको पाईन्छ । सामान्यतया नेपाली गाउँघर तिर बोक्सी लागे नलागेको बारे धामि या झाक्री कहाँ गएर थाहा पाईन्छ भन्ने अन्धबिश्वास रहिआईएको छ । धामिले जसको नाम लिन्छ उसैलाई बोक्सीको आरोप लगाई सामाजिक तिरस्कार अनि यातना दिने गरेका थुप्रै घटनाहरु छन् । यद्यपि बिज्ञानले कुनै पनि मानिस बोक्सी हुदैन भनेर प्रमाणित गरिसकेको छ ।
कास्कीको एक गाउँमा यस्तै भयो , गाउंमा धामि झाँक्रीको कामा गर्दै आएका एक चर्चित अनुहार नेपालि फिल्म कलाकार तथा गुरुङ फिल्मका निर्देशक माओत्से गुरुङलाई स्थानिय गरिब महिलालाई बोक्सी आरोप लगाएको भन्दै पक्राउ गरिएको छ । गुरुङलाई यति बेला वडा प्रहरी कार्यलय बगरमा राखिएको छ । कलाकार गुरुङलाई हतकड्डि सहित प्रहरीले भ्यानमा राखेर हेम्जाबाट पोखरा ल्याउँदै गरिएको अबस्थामा हामिले भेटेका थियौ ।
झट्ट पढ्दा साच्चिकै जस्तो लाग्ने यि दृश्य र घटना तपाईले केहि महिनामै फिल्मको पर्दामा देख्न सक्नुहुनेछ । फिल्मको नाम हो अग्नीदहन । मान्छे बोक्सी हुन्न कहिल्यै राष्ट्रिय जागरण प्रतिस्ठानले निर्माण गरेको फिल्मको छायांकन सकिनु एक दिन अगाडि फिल्ममा चन्द्रमान धामिको पात्रमा देखिएका गुरुङलाई पक्राउ गरि जेल चलान गरिदै गर्दाको दृश्य छायांकनको क्रममा यस्तो देखिएको हो ।
घनश्याम लामिछानेको निर्देशनमा पोखरा र आसपासका क्षेत्र संगै चितवन , हेटौडा लगाएत स्थानमा छायांकन गरिएको फिल्ममा माअोत्से गुरुङ संगै अनुपमा भण्डारी , प्रकास घिमिरे , नबिन घायल , प्रमिला तुलाचन लगाएको अभिनय रहेको छ । कोबिदशरण उपाध्याय फिल्मका प्रस्तुतकर्ता हुन् ।