२९ कात्तिक । दीपेन्द्र के खनाल निर्देशीत प्रेमकथा फिल्म ‘लभ लभ लभ’ को चर्चा बिस्तारै चुलिदै गएको छ । वैशाख १ गते बाट रिलिजमा आउन लागेको फिल्म‘लभ लभ लभ’को एउटा गीत गोसाइँकुण्ड पुगेर तयार पारिएको छ ।
चार हजार ३ सय ८० मिटर उचाइमा नौ दिन लगाएर तयार पारिएको एउटा गीतमा १२ लाख भन्दा रुपिया खर्च गरिएको छ । फिल्म धेरै राम्रो बनेकोको र गीत अझै राम्रो भएकोले गोसाइँकुण्ड नै पुगेर गीतको छायांकन गरिएको फिल्मकी निर्मात्री सर्मिला पाण्डे बताउनु भयो । गीतमा पैसा खर्च भन्दा पनि दर्शकलाई एकदमै राम्रो फिल्म र फरक लोकेसन दिनको लागि नौ दिन लगाएर भए पनि गोसाइँकुण्ड गीत छायांकन गरिएको उहाको हामी सगको कुराकानीमा बताउनु भयो ।
कविराज गहतराजको कोरियोग्राफी रहेको उक्त गीतको शब्द/संगीत सुरेश राईको हो । कोसिस क्षत्रीले गाएका हुन् ।
फिल्म ‘लभ लभ लभ’ बाट सुरज पाण्डेले डेब्यू गर्दैछन् । फिल्ममा सुरज सगै स्वस्तिमा खड्का,रमेश बुढाथोकी, देशभक्त खनाल, रुपा राणा, ए.गुरुङ, आयान खड्का र गणेश मुनाल लगायतको अभिनय रहेको छ ।
पोस्ट प्रोडक्सनको अन्तिम चरणमा रहेको ‘लभ लभ लभ’मा चार वटा गीत समाबेश गरिएको छ । करिब करोडको हाराहारीमा लगानी रहेको यस चलचित्र बाट नेपाली फिल्म नगरीमा आफ्नो छुट्टै पहिचान निर्माण गराउने तयारीमा रहेकी निर्मात्री सर्मिला पाण्डे एउटा सफल ब्यापारी हुन् । फिल्मलाई निरज कंडेलले छायांकन गरेका हुन् ।