काठ्माण्डौँ, मंसिर ३ । लाखौँ श्रोताहरुको मन मुटुमा बस्न सफल चर्चित लोक तथा दोहोरी गित छुट्यो मायाँ जाल बिन्ध्यबासिनी म्युजिक अवार्डका लागि यस बर्षको सर्वोत्कृष्ट पाँच भित्र पर्न सफल भएको छ । चर्चित सर्जक रमेश श्रेष्ठ र नवराज गौतमको संयुक्त प्रस्तुति ‘छुट्यो माया जाल’ यहि आउँदो मंसिर २४ गते सम्पन्न हुने बिन्ध्यबासिनी म्युजिक अवार्डका लागि बर्षको सर्वोत्कृष्ट पाँच भित्र परेको हो ।
बिगत डेढ दशक देखी नेपाली लोक संगितका लागि अहोरात्र खटिरहेका उनका आफैले आवाज भरेका दर्जन बढी गित रहेका छन भने उनको श्रीजनामा २० को हाराहारीमा गित बजारमा छ । उनका सृजनाहरुमा छुट्यो मायाँजाल, गाउँकी सानी, चखेवा , गुराँस फुलेको , पुछौँ आँशु हामी सब मिलेर , आफ्नो त परदेशमै जिबन बित्यो लगायत पर्छन ।
उत्कृष्ट पाँचमा पर्न सफल गित छुट्यो मायाँजालमा शब्द बिमला तिमल्सिना र रमेश श्रेष्ठको रहेको छ । गीतमा आवाज भने काब्य आचार्य र राजु बोहोराको रहेको छ । लय भने रमेश श्रेष्ठ आफैँले बनाएका हुन । यस गितको लय बर्षकै उत्कृष्ट भित्र पर्न सफल हुँदा आफु निकै नै खुसी रहेको कुरा रमेश बताउँछन ।