४, मङ्सिर । ड्रिम्स फिल्मबाट डेब्यू गरेकी नायिका साम्राराज्ञी राज्य लक्ष्मी शाहले ब्यायफ्रेण्ड सार्वजनिक गरेकी छिन् ।शुक् आफ्नो २१ औँ जन्मदिनको अबसरमा शुक्रबार उनले आमा सहित ब्यायफ्रेण्डसंग अंगालो हालेको फोटोलाई कोलाज बनाएर फेसबुकको टाईमलाईनमा पोष्ट गरेकि छन्।
सार्वजनिक फोटो संगै साम्राज्ञीले दिन हरु बल्ल सुरुभए भन्दै एक क्याप्सन सहितको स्टाटसमा हार्ट सेपको ईमो पनि जोडेर पोष्ट गरेकी छिन् । जसबाट के प्रष्ट हुन्छ भने ती युवकसंग गहिरो प्रेममा छिन् साम्राज्ञी र यो प्रेमलाई उनी सार्वजनिक गर्न खोज्दैछिन् । स्रोतका अनुसार पेशाले डिजे रहेका साम्राज्ञीको ब्याफ्रेण्डको नाम मयंक खड्का हो । उनले आफ्नो फेसबुकको ईनफोमा मयंक खड्का लेखेका छन् भने ब्रयाकेटमा (राहुल खड्का ) भनेर अर्को नाम पनि लेखेका छन् ।
बुझिए अनुसार उनीहरुको माया प्रेम चलेको लामै समय भईसकेको छ र साम्राज्ञीको घरमा उनको ब्यायफ्रण्डको राम्रै आउँजाउँ हुँदै आएको छ । साम्राज्ञीकी आमाले पनि हुनेबाला ज्वाईलाई राम्रै स्वगत गर्ने र साम्राज्ञीको रेखदेख गर्न धेरै काम अराहु पराउहु गर्ने गरेको श्रोतको दावी छ । हालै मात्र छायाँकन सकिएको साम्राज्ञीको नयाँ फिल्म ए मेरो हजुर २ को सुटिङ पोखरामा भईरहदा साम्राज्ञीको आमाले पठाएको केही सामान लिएर मयंक पोखरा पुगेका थिए । पोखरा पुगेका मयन्क सगै सम्राज्ञ
पोखरा पुग्दा उनीहरु सुटिङ यूनिटले दिएको होटलमा पनि केही दिन बसेको श्रोत बताउँछ।साम्राज्ञीले ब्यायफ्रेण्ड संग रमाईलो गरेका केही तस्बिरहरु एक्सक्लुसिभ रुपमा सार्बजनिक गरेका पनि छौ ।