राजधानीमा ‘पुरानो डुङ्गा’ प्रीमियर ,यस्तो छ पुरानो डुङ्गाको मुख्य कथा ?

मनोरन्जन

९, मङ्सिर । ‘पुरानो डुंगा’ ले ताल किनारामा डुंगा खियाएर जीविकोपार्जन गरिरहेकोएक निम्न मध्यमवर्गीय भुजेल परिवारमा डुंगाकै विषयलाई लिएर अंशियार दाजुभाईबीच चल्ने झगडा र त्यसले निम्त्याउने विग्रहको मुल कथा बोकेको छ । माओत्से गुरुङ र दयाहाङराई दाजुभाईका रुपमा अभिनित यस चलचित्रमा प्रियंका कार्की, मेनुका प्रधान, बुद्धि तामाङ, पुष्कर गुरुङ, डीबी गुरुङ, सुदाम सिके,पूर्णिमा गुरुङको पनि भुमिका रहेको छ ।प्रीमियरकै लागि दयाहाङ लण्डनदेखि हान्निएर स्वदेश आएका थिए । उनीसँगै नायिका प्रियंका पनि लण्डनमा चलचित्र ‘ह्याप्पी डेज’ को सुटिंगमा व्यस्त भएपनि नायिका कार्की भने आईनन् । प्रीमियर शोको बीचमै निर्देशक रामबाबु र दयाहाङ ‘पुरानो डुंगा’ कै अष्ट्र॓लिया प्रीमियरका लागि त्यसतर्फ उडे ।‘पुरानो डुंगा’ का मेनुका, माओत्सेसहितको टीमले आर्यन सिग्देल, निश्चल बस्नेत, केकी अधिकारी, नम्रता श्रेष्ठ, बेनिशा हमाल,दिनेश राउतलगायत फिल्मकर्मीहरुसँग बसेर चलचित्र हेरेको थियो । पोखरा सेरोफेरोमा खिचिएको फिल्मलाई रौनकविक्रम कँडेल, ओमचन्द रौनियार र डीबी गुरुङले निर्माण गरेका हुन् । चलचित्र शुक्रबारदेखि देशव्यापी प्रदर्शनमा आउँदैछ ।

Post Comment